Thursday, March 5, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्ज भंसारमा दैनिक लाखौंको अवैध असुली, विचौलियामाथि कसले कार्वाही गर्ने ?

राष्ट्र आवाज by राष्ट्र आवाज
July 6, 2025
in समाचार
0
वीरगञ्ज भंसारमा दैनिक लाखौंको अवैध असुली, विचौलियामाथि कसले कार्वाही गर्ने ?
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

२२ असार, वीरगञ्ज । नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्ज भन्सार नाकाबाट नेपाल भित्रिने भारतीय नम्बर प्लेटका गाडीहरूलाई भन्सार कटाउने नाममा एउटा संगठित विचौलिया गिरोहले दैनिक लाखौं रुपैयाँको अवैध असुली गरिरहेको तथ्य बाहिरिएको छ।

भन्सार कार्यालयका कर्मचारीहरूसँगको मिलेमतोमा यो गिरोहले पर्यटक बोकेका गाडीका चालकहरूलाई समेत चर्को कमिसन तिर्न बाध्य बनाउँदै आएको स्रोतको भनाइ छ। भन्सारमा लामो समयदेखि सक्रिय यो गिरोहबारे पर्साको सुरक्षा निकायलाई जानकारी भए पनि आजसम्म कुनै कारबाही नभएको भन्सारमा कार्यरत एक कर्मचारीले बताए।

अवैध कारोबारको जालो र नक्कली कागजातको प्रयोग

भारतीय नम्बरका गाडी लिएर नेपाल प्रवेश गर्ने पर्यटकका चालकहरूले आफ्नो गाडीको सक्कल ब्लुबुक (गाडीको स्वामित्व प्रमाणपत्र) नभएका बेला विचौलियामार्फत प्रतिगाडी १० हजार कमिसन तिरेपछि मात्र भन्सार पास हुने गरेको चालकहरूले बताएका छन्।

रेसखवर लाई प्राप्त एक अडियो रेकर्डमा नितेश यादव नामका एक व्यक्तिले भारतीय गाडी चालकसँग भंसार इन्ट्री गर्दा कम्तिमा ५ हजार भारतीय रुपैयाँ लाग्ने भन्दै मोलमोलाइ गरेको स्पष्ट सुन्न सकिन्छ।

पीडित चालकहरूको भनाइअनुसार, वीरगञ्ज भन्सारका कर्मचारीहरूसँगको मिलेमतोमा स्थानीय इनर्वा र छपकैयाका १०/१२ जना युवाहरूको एउटा समूहले भारतीय गाडीको सक्कल गाडीधनी प्रमाण पत्र नभएमा ब्लुबुकलागि ठूलो रकम बार्गेनिङ गर्ने गर्दछ। यस कार्यको नेतृत्व वीरगञ्ज वडा नं. १६ इनर्वाका नितेश यादव, अनिल यादव र छपकैयाका विक्रम यादवले गर्दै आएको भन्सार कार्यालयका एक कर्मचारीले खुलासा गरे।

ती कर्मचारीका अनुसार, उक्त समूहले बिहान ८ बजेदेखि राति ११ बजेसम्म भन्सार परिसरमा बसेर भारतीय गाडीहरूको इन्ट्री गराउने र भन्सार काट्ने काम गर्छ। स्रोतका अनुसार, उनीहरूले आवश्यक कागजात नभएका गाडीहरूको समेत २० हजार भारतीय रुपैयाँसम्म लिएर भन्सार पास गराउने गरेका छन्।

प्रहरीको अदृश्य सहयोग र  भ‌ंसारका उच्च अधिकारीको मौनता 

यो अवैध कार्यमा इनर्वा चौकीमा खटिएका प्रहरीले समेत अदृश्य सहयोग गर्दै आएको स्रोतको दाबी छ। अप्ठ्यारोमा परेका केही भारतीय चालकहरूले इनर्वा प्रहरी चौकीमा गुनासो गर्दा प्रहरीले समेत विचौलियासँग मिलाएर काम गर्न सुझाव दिने गरेको बताइएको छ।

यति मात्र होइन, भारतमा अपराध गरेर नेपाल छिर्ने अपराधी समूहले प्रयोग गर्ने भारतीय नम्बरका गाडीहरूको भन्सार नवीकरण समेत यही समूहले गर्दै आएको स्रोतको भनाई । वीरगञ्ज नाकाबाट भित्रिएर पोखरा र चितवनको सौराहामा रहेका भारतीय नम्बरका गाडीहरूको समेत वीरगञ्जबाट सिधै भन्सार काटिने गरेको स्रोतको भनाइ छ।

वीरगञ्ज भन्सारमा चलिरहेको यो अवैध धन्दाबारे पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र समेत जानकार रहेको बुझिएको छ। मोतिहारीस्थित भारतीय प्रहरीले वीरगञ्ज भन्सारमा विचौलियाहरूले पर्यटकलाई दुःख दिने गरेको गुनासो पर्साका सुरक्षा अधिकारीहरूलाई जानकारी गराए पनि उनीहरूविरुद्ध कुनै कारबाही नभएको एक भारतीय प्रहरी अधिकारीले बताए।

भारतमा अपराध गरेर नेपालका विभिन्न शहरहरू पोखरा, काठमाडौं र चितवनमा लुकेर बस्दै आएका अपराधी समूहले प्रयोग गर्ने भारतीय नम्बरका गाडीहरू वीरगञ्ज नआई सिधै भन्सार रसिद काट्ने गरेको सूचना भारतीय प्रहरीलाई समेत रहेको र उनीहरूले पटक(पटक नेपाली सुरक्षा अधिकारीहरूलाई यस विषयमा जानकारी गराउँदै आएको ती प्रहरी अधिकृतले बताए।

नेपाल भित्रिने भारतीय गाडीको सक्कली कागजातपत्र नभएको अवस्थामा रक्सौलमा सोही समूहले गाडीधनी पत्र ९च्ऋए० बनाउने र सोही कागजातपत्रका आधारमा भन्सार हुनेगरेको बताइन्छ। भन्सारका कर्मचारीहरूको सेटिङ्गमा यस्तो धन्दा चल्दै आएको स्रोतको भनाइ छ।

दोहोरो नागरिकताको प्रश्न र पर्यटनमा असर

विचौलियाको काम गर्दै आएका अनिल यादवको साथमा भारतीय नागरिकता समेत रहेको भारतीय प्रहरीले दाबी गरेको छ। उनले नेपाल र भारत दुवै ठाउँबाट नागरिकता लिएको हुनसक्ने बताइएको छ।

वीरगञ्ज भन्सारमा भारतीय नम्बरका गाडी भंसार गराउदा विचौलिया समूहको बिगबिगी रहेको जानकारी भन्सारको सुरक्षार्थ खटिएको प्रहरी चौकी इनर्वा र सशस्त्र प्रहरी बलको टोलीलाई समेत छ, तर पनि उक्त समूहलाई नियन्त्रण गर्ने काम हुन सकेको छैन। विचौलियाले दुवै सुरक्षा निकायका टोलीलाई मासिक रूपमा आर्थिक नजराना चढाउँदै आएको दाबी स्रोतको छ।

होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष मोहन शर्माले भारतबाट नेपाल भित्रने नाकाहरूमा विचौलिया र प्रहरीले पर्यटकहरूलाई दुःख दिने गरेको गुनासो आफूहरूलाई सुनाउने गरेको बताए। सीमा नाकामा भारतीय पर्यटकलाई दुःख दिने गरेको गुनासो आइरहेको पाइन्छ, अध्यक्ष शर्माले भने, जसका कारण सीमापार पर्यटनमा नकारात्मक असर पर्न सक्ने संकेत देखिएको उनको भनाइ छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने ले भारतीय गाडीको नक्कली कागजातपत्र बनाउनेमा केही मानिस लागेको सूचना आफूलाई समेत रहेको बताए। उनले केही समयअघि अनिल यादवलाई प्रहरीमार्फत पक्राउ गर्न लगाइएको जानकारी दिए। नितेश र विक्रम नाम गरेका व्यक्तिहरूको बारेमा सूचना आएको छ, त्यसमा भन्सारले कारबाही गर्छ, प्रमुख भन्सार प्रशासक लामिछानेले भने।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र ले भारतीय गाडीको भन्सार कटाउने नाममा कसैले अवैध रूपमा गाडीधनी वा चालकसँग रकम लिएको प्रमाण फेलापरेमा कारबाही हुने बताए। यस्तो प्रकृतिको अपराधमा कुनै प्रहरी कर्मचारी समेत संलग्न भए त्यसलाई समेत कारबाही हुनेछ, एसपी मिश्रको भनाइ छ।

दैनिक ३ हजार गाडी भंसार

भन्सार प्रशासक लामिछानेका अनुसार, वीरगञ्ज नाका भएर दैनिक रूपमा ३ देखि ४ हजारको संख्यामा भारतीय नम्बरका गाडी नेपाल भित्रने गरेका छन्। बिदाको दिनमा यो संख्या अझ बढी हुने गरेको उनले बताए। यसको ६० प्रतिशत गाडी र मोटरसाइकल बिहान आएर बेलुका रक्सौल फर्कने गरेका छन्, लामिछानेले भने।

वीरगञ्ज आसपासको क्षेत्रमा प्रवेश गरेर बेलुका भारततर्फ फर्किने गाडीको कुनै शुल्क लाग्दैन, तर नेपालभित्र प्रवेश गरेर रात कटाउने गाडीहरूको हकमा भन्सार शुल्क तिर्नुपर्ने वीरगञ्ज भन्सारले जनाएको छ।

नेपाल भित्रने भारतीय नम्वरका दुई पांग्रे सवारीको एक सय देखि एकसय पचास सम्म, चारपांग्रेको ५ सय पचास देखि ७ सय पचास सम्म सवारीको गन्तव्य र सवारीको प्रकार हेरेर राजश्व लाग्ने गरेको भंसार कार्यालयले जनाएको छ । । यसरी नेपाल भित्रिने गाडीमध्ये ८० प्रतिशत गाडीमा कागजातपत्रको लफडा हुने गरेको भन्सारका एक कर्मचारीले बताए।

विचौलिया समूहले एउटा गाडीबाट कम्तीमा ३ हजारदेखि बढीमा १० हजारसम्म रकम लिने गरेको स्रोतको भनाइ छ। रकम संकलन कार्यमा संलग्न एक व्यक्तिका अनुसार, भन्सारका कर्मचारीदेखि सुरक्षा युनिटमा खटिएका जनशक्तिलाई समेत रकम बाँड्नुपर्ने हुन्छ। भारतीय गाडीबाट दैनिक कम्तीमा डेढ लाखसम्म रकम उठाउने गरेको उनीहरूको भनाइ छ।

Previous Post

कलैयामा युवा श्रमशक्ति र उद्यमशीलताका समस्यामाथि छलफल

Next Post

पर्साका जनस्वास्थ्य संयोजक जयमोद ठाकुरद्वारा पत्रकारमाथि दुर्व्यवहारको आरोप

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्साका जनस्वास्थ्य संयोजक जयमोद ठाकुरद्वारा पत्रकारमाथि दुर्व्यवहारको आरोप

पर्साका जनस्वास्थ्य संयोजक जयमोद ठाकुरद्वारा पत्रकारमाथि दुर्व्यवहारको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l