Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

एसईई उतीर्ण विद्यार्थीहरूलाई बहुअरीमा सम्मान, क्लबद्वारा छात्रवृत्तिको घोषणा

राष्ट्र आवाज by राष्ट्र आवाज
July 6, 2025
in समाचार
0
एसईई उतीर्ण विद्यार्थीहरूलाई बहुअरीमा सम्मान, क्लबद्वारा छात्रवृत्तिको घोषणा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

असार २२ बिरगंज

बाराको परवानीपुर गाउँपालिका वडा नं। ५ बहुअरी टोलमा यस वर्षको एसईई परीक्षा उतीर्ण गरेका विद्यार्थीहरूलाई एक विशेष सम्मान कार्यक्रममार्फत सम्मान गरिएको छ।

स्वच्छ समाज युवा क्लबको आयोजनामा श्री विष्णु नारायण धर्मशालामा सम्पन्न कार्यक्रम मार्फत यस वर्ष उत्तीर्ण भएका ४५ जना विद्यार्थीहरूलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि डा। शिवशंकर यादवले विद्यार्थीहरूलाई निरन्तर अध्ययन र लक्ष्यप्रति केन्द्रित रहन सुझाव दिए। उनले शिक्षा जीवनभर सिकिरहने विषय भएकाले समर्पणका साथ अगाडि बढ्न आग्रह गरे।

कार्यक्रममा समाजसेवी शिवशंकर पटेलले अनुशासन र लगनशीलता विद्यार्थीका लागि अत्यावश्यक भएको बताए। उनले ठूला बडालाई सम्मान गर्न र सकारात्मक सोच राख्न विद्यार्थीहरूलाई प्रेरित गरे।

कार्यक्रममा अधिवक्ता रामचन्द्र सिंहले परम्परागत र आधुनिक शिक्षाको तुलनात्मक चर्चा गर्दै वर्तमान शिक्षा प्रणालीले अवसरको ढोका खोल्ने बताए। उनले अब कडा मिहिनेतका साथ अगाडी बढ्न विद्यार्थीहरुलाई सुझाव दिए। यसैगरी डा. प्रमोद यादवले विषय छनोट गर्दा रुचि र भविष्यलाई ध्यानमा राख्न सुझाव दिए। यसैगरी समाजसेवी तथा गाउँपालिका अध्यक्षका प्रत्यासी सञ्जु साहले शुभकामना दिँदै समाज गलत दिशामा गइरहेको हुनाले चिन्ता व्यक्त गरे। साथै उनले देशमा शासक वर्ग कमजोर र भ्रष्टचारमा लुप्त भएको कारण देश र समाज अगाडि बढन न सकेको बताए ।

सो कार्यक्रममा डा. अर्जुन पटेल, रमेश सिंह, प्रध्यापक जितेन्द्र वर्मा, सई टेजप्रताप सिंह, ज्ञानेन्द्र शाह, मोहन यादव, रामजी सिंह, असेश्वर पटेल, वडा सदस्य दारा सिंह पटेल, भरत ठाकुर लगायतले आफ्ना भनाइ राख्दै विद्यार्थीहरूलाई शुभकामना दिए।

सम्मान कार्यक्रममा समाजसेवी अजय पटेलले क्लबलाई आगामी कार्यक्रमका लागि ५ हजार रुपैयाँ नगद सहयोग गरेका थिए। विद्यार्थी सुस्मिता पासवान, आदित्य यादव र पूनम कुमारी साहले सम्मानप्रति आभार प्रकट गर्दै आफ्नो अनुभव साझा गरे।

साथै, बहुअरी टोलबाट सब भन्दा बढी जिपिए ल्याएकी पूनम कुमारी साहलाई वडा अध्यक्ष रामेश्वर साहले प्रोत्साहन स्वरूप ५ हजार रुपैयाँको चेक प्रदान गरेका थिए। कार्यक्रमको अन्त्यमा क्लब अध्यक्ष भूपेन्द्र पटेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै, बहुअरी टोलका कक्षा १२ मा पढ्ने विद्यार्थीहरूलाई ५० प्रतिशत छात्रवृत्तिको घोषणा गरे।

कार्यक्रमम स्वागत मन्तव्य क्लबका सदस्य प्रध्यापक सरोज यादवले गरेका थिए भने सञ्चालन क्लबका सचिव तथा अधिवक्ता त्रिलोक प्रताप सिंहले गरेका थिए। क्लबका उपाध्यक्ष उमेश साह, सदस्य सन्दिप यादव, लालबाबु यादव, कृष्णा साह, रञ्जित साह लगायतले कार्यक्रम सफल बनाउन विशेष भूमिका खेलेका थिए।

स्वच्छ समाज युवा क्लबले यसरी युवाहरूमाझ सकारात्मक प्रेरणा फैलाउने कार्य गर्दै आएकोमा सबैले प्रशंसा व्यक्त गरेका थिए।

Previous Post

भारतमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको ‘एक्स’ खाता प्रतिबन्ध

Next Post

कलैयामा युवा श्रमशक्ति र उद्यमशीलताका समस्यामाथि छलफल

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
कलैयामा युवा श्रमशक्ति र उद्यमशीलताका समस्यामाथि छलफल

कलैयामा युवा श्रमशक्ति र उद्यमशीलताका समस्यामाथि छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l