Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

राष्ट्र आवाज by राष्ट्र आवाज
July 6, 2025
in समाचार
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको लिङ्क रोडमा डल्फिन एजुकेसन कन्सल्टेन्सीले आफ्नो १३ औँ शाखा विस्तार गरेको छ ।

उच्च शिक्षाका लागि विदेश जान इच्छुक विद्यार्थीहरूलाई परामर्श र सही शैक्षिक संस्था छनोटमा सहयोग गर्ने उद्देश्यका साथ डल्फिन एजुकेसन कन्सल्टेन्सीले शाखा स्थापना गरिएको शाखा प्रमुख प्रतीक सिंहले बताए ।

शाखा उद्घाटन समारोहमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रिबन काटेर औपचारिक रूपमा शाखाको सुरुवात गरे

उद्घाटन समारोहमा बोल्दै प्रमुख राजेशमान सिंहले दुवै पहलले स्थानीय समुदायलाई ठूलो लाभ पुग्ने बताए । “शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा यस्ता पहलहरूले वीरगञ्जको विकासमा महत्त्वपूर्ण योगदान दिनेछ,” उनले भने । डल्फिन एजुकेसन कन्सल्टेन्सी र लिटिल टीथ एन्ड बियोन्ड क्लिनिकको सञ्चालनले वीरगञ्जका बासिन्दाहरूलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ अवसरहरू मिल्ने उनले विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा बोल्दै शाखा प्रमुख सिंहले भने, “हाम्रो मुख्य उद्देश्य विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्नु र उनीहरूलाई विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा भर्ना प्रक्रियामा सहजता ल्याउनु हो ।”
उनले डल्फिन एजुकेसन कन्सल्टेन्सीले अमेरिका, अस्ट्रेलिया, बेलायत, न्यूजिल्याण्डलगायतका देशहरूमा रहेका ख्यातिप्राप्त शैक्षिक संस्थाहरूसँग समझदारी गरेको जानकारी दिए ।

सिंहका अनुसार, वीरगञ्जमा शाखा विस्तार गर्नुको मुख्य कारण स्थानीय विद्यार्थी र अभिभावकहरूलाई कन्सल्टेन्सी सेवाका लागि काठमाडौँ वा अन्य सहरहरू जानुपर्ने बाध्यता हटाउनु हो । “काठमाडौँ जाँदा विद्यार्थी र अभिभावकहरूको समय र अतिरिक्त खर्च हुने गरेको थियो । अब वीरगञ्जमै यो सेवा उपलब्ध भएसँगै त्यो समस्या समाधान हुनेछ,” उनले थपे ।

डल्फिन एजुकेसन कन्सल्टेन्सीले विद्यार्थीहरूलाई शैक्षिक परामर्श, विश्वविद्यालय छनोट, भिसा प्रक्रिया, र अन्य आवश्यक सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ । शाखाले मधेस प्रदेशका विद्यार्थीहरूलाई उच्च शिक्षाका अवसरहरूबारे जानकारी र सहयोग प्रदान गर्ने अपेक्षा गरिएको छ ।

लिटिल टीथ एन्ड बियोन्ड क्लिनिकको पनि शुभारम्भ

कन्सल्टेन्सीको उद्घाटनसँगै सोही स्थानमा लिटिल टीथ एन्ड बियोन्ड नामक दन्त क्लिनिक पनि सञ्चालनमा आएको छ । क्लिनिक बाल दन्त रोग विशेषज्ञ डा. सुर्बी सिंहको नेतृत्वमा सञ्चालित हुनेछ ।

डा. सिंहले विशेषगरी बालबालिकाको दन्त स्वास्थ्यलाई प्राथमिकता दिँदै मधेस प्रदेशमै पहिलो यस्तो विशेष क्लिनिक सञ्चालनमा ल्याएको दाबी गरेकी छन् । “हाम्रो क्लिनिकले बालबालिकाको दन्त स्वास्थ्यमा विशेष ध्यान दिनेछ ।

साथै, अन्य दन्त सम्बन्धी समस्याहरूको उपचार पनि यहाँ उपलब्ध हुनेछ,” डा. सिंहले भनिन् । उनले क्लिनिकमा आधुनिक प्रविधि र गुणस्तरीय सेवा प्रदान गरिने बताइन् ।

Previous Post

पर्साको ठोरी गाउँपालिकाका तीनवटा वडा साक्षरता वडा घोषणा

Next Post

युरोपेली युनियन र अमेरिकाबीच कर वृद्धिका विषयमा सम्झौताको सम्भावना

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
युरोपेली युनियन र अमेरिकाबीच कर वृद्धिका विषयमा सम्झौताको सम्भावना

युरोपेली युनियन र अमेरिकाबीच कर वृद्धिका विषयमा सम्झौताको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l