Thursday, March 5, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्साको ठोरी गाउँपालिकाका तीनवटा वडा साक्षरता वडा घोषणा

राष्ट्र आवाज by राष्ट्र आवाज
July 3, 2025
in समाचार
0
पर्साको ठोरी गाउँपालिकाका तीनवटा वडा साक्षरता वडा घोषणा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

ठोरी। पर्साको ठोरी गाउँपालिकाका तीनवटा वडा साक्षरता वडा घोषणा भएको छ । पालिकाको वडा नं। १ देखि वडा नं। ३ सम्म साक्षर वडा घोष्णा गरिएको हो । ठोरीका पाँचवटा वडाहरूमध्ये सवैभन्दा पहिलो वडा नं।२, दोस्रोमा वडा नं। १ र तेस्रोमा वडा नं। ३ साक्षरता वडा घोषणा भएको ठोरी गापा शिक्षा शाखा प्रमुख भूपाल कुमार जोशीले जानकारी दिएकाछन् । सो वडाहरूमा बुधवार आयोजित छुट्टा छुट्टै कार्यक्रममा सम्बन्धीत वडाका वडाअध्यक्षहरूले आ–आफ्‌नो वडालाई साक्षर वडा घोषणा गरेका हुन् ।

सो अनुसार वडा नं। २ का वडाध्यक्ष अमृत कृष्ण सापकोटा, वडा नं १ का वडाध्यक्ष धनमान थापा र वडा नं। ३ का वडाध्याक्ष शम्भू खडकाले आ–आफ्‌नो वडालाई साक्षर घोषणा गरेका हुन् । नेपाल सरकार र युनेस्कोको मापदण्ड अनुसार उक्त वडाहरूमा ९५ प्रतिशत भन्दा बढि जनसंख्या साक्षर देखिएको साक्षरता घोषणा अभियानका सहजकर्ता सामाजिक संस्था आसमान नेपालका पर्सा संयोजक धमेन्द्र चौरसियाले बताएका छन् ।

पालिकाका पाँचवटै वडाहरूलाई साक्षर वडा घोषणा गरेर ठोरी गाउँपालिकालाई नै जिल्लामा पहिलो साक्षर पालिका घोषणा गर्ने कार्यक्रम रहेको ओडार माविका सहायक प्रधानाध्यापक समेत रहेका साक्षर अभियानकर्मी चिरन्जिवी सापकोटाको भनाई छ ।

आज सम्पन्न विभिन्न कार्यक्रममा ठोरी गापा शिक्षा प्रमुख भूपाल कुमार जोशी, प्रतीक दैनिकका सम्पादक एवं पूर्व गाविस उपाध्यक्ष गोविन्दप्रताप श्रेष्ठ, पालिका बोर्ड सदस्य ज्ञानकुमारी जोशी, प्रविधीक मावि दिपकनगरका अध्यक्ष तथा नेकपा एमाले ठोरीका सचिव जगेन्द्र पौडेल, वडा नं। १ का निवर्तमान वडा अध्यक्ष रामप्रकाश कुँवर, पालिका परिषद सदस्य केशव अधिकारी, श्री सरस्वती मावि ठोरीका प्रधानाध्यापक महेन्द्र उपाध्यायलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Previous Post

राप्रपा बैठक : के-के गर्‍यो निर्णय ?

Next Post

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l