Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगन्जको मेनरोड विस्तार जुनसुकै हालतमा भएपनि हुनैपर्छ : सांसद जयसवाल

राष्ट्र आवाज by राष्ट्र आवाज
July 2, 2025
in समाचार
0
वीरगन्जको मेनरोड विस्तार जुनसुकै हालतमा भएपनि हुनैपर्छ : सांसद जयसवाल
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज,१८ असार । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ बिना जयसवाल कुर्मीले वीरगन्ज महानगरपालिकाले सुरु गरेको मुख्य सडक विस्तार अभियानलाई समर्थन गर्दै यसलाई “विकासको अपरिहार्य पाटो” भएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कुर्मीले वीरगन्जको मुख्य सडकको अवस्था अब परिवर्तन हुनुपर्ने उल्लेख गरेकी छन्। “भोलिको लागि आज त्याग गर्नुपर्छ,” भन्दै उनले संकुचित र अव्यवस्थित सडकले वीरगन्जको मात्र होइन, राष्ट्रकै आर्थिक विकासमा अवरोध पु¥याइरहेको बताएकी छन्।

उनका अनुसार वीरगन्ज नेपालको एक प्रमुख व्यापारिक केन्द्र हो र यहाँको पूर्वाधार सुधारले व्यापार, रोजगारी र जीवनशैलीमा ठुलो सुधार ल्याउनेछ। “सडक विस्तार कुनै विकल्प होइन, यो आवश्यकता हो,” भन्दै उनले यसलाई जुनसुकै मूल्यमा सम्पन्न गरिनुपर्ने बताइन्।

कुर्मीले अस्थायी असुविधा स्वीकारेर दीर्घकालीन समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिएकी छन्। “हामीलाई थाहा छ, विकास कार्यहरूले केही अस्थायी असर पार्न सक्छ, तर त्यसले स्थायी समाधान ल्याउनेछ,” उनले लेखेकी छन्।

उनले व्यक्तिगत स्वार्थ र क्षणिक असुविधालाई लिएर विकासमा अवरोध गर्ने सोचप्रणालीलाई स्पष्ट रूपमा चुनौती दिनुपर्ने धारणा राखेकी छन्। “अब निर्णय गर्ने र सहकार्य गर्दै अगाडि बढ्ने समय हो,” भन्दै उनले मुख्य सडक विस्तारलाई राष्ट्रको मेरुदण्ड मजबुत बनाउने आधारको रूपमा चित्रण गरेकी छन्।

सांसद कुर्मीको धारणा वीरगन्जका नागरिकलाई दीर्घकालीन लाभमा सोच्न र विकासको यात्रामा साथ दिन प्रेरित गर्ने सन्देशका रूपमा आएको छ।

Previous Post

माओवादीले भन्यो- सरकार ढाल्ने पक्षमा छैनौं, कांग्रेस-एमाले नेतृत्वले निरन्तरता पाओस्

Next Post

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l