Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

माओवादीले भन्यो- सरकार ढाल्ने पक्षमा छैनौं, कांग्रेस-एमाले नेतृत्वले निरन्तरता पाओस्

राष्ट्र आवाज by राष्ट्र आवाज
July 2, 2025
in समाचार
0
माओवादीले भन्यो- सरकार ढाल्ने पक्षमा छैनौं, कांग्रेस-एमाले नेतृत्वले निरन्तरता पाओस्
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार ढाल्ने पक्षमा आफूहरू नभएको बताएको छ। बुधबार पत्रकार सम्मेलन आयोजना गरेर माओवादीले केन्द्रले कांग्रेस-एमाले नेतृत्वको सरकारले निरन्तरता पाओस् भनेर चाहेको स्पष्ट पारेको हो।

तर, सत्तापक्षका अन्तरविरोधकै कारण सरकार ढल्ने दाबी पनि माओवादीले गरेको छ। ‘हामी यो सरकारलाई ढाल्न खोजेका छैनौं। यो सरकारले निरन्तरता पा‌‌ओस् नै चाहन्छौं। तर, सत्ता पक्षका सांसदहरू नै अहिले सरकारविरुद्ध तछाडमछाड गरिरहेका छन्। अन्तरविरोधकै कारण यो सरकार ढल्छ। धेरै दिन टिक्दैन,’ माओवादीका केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भने।

उनले सरकारको गतिविधिप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनले सरकारले गाईजात्रा देखाइरहेको आरोप पनि लगाए। कुलिङ अफ पिरियडमा भएको जालसाझीलाई सामान्यरूपमा नलिने उनले बताए। ‘समितिमा सर्वसम्मतले पारित भएको विषयलाई उल्टाएर जुन जालसाझी गरिएको छ, त्यो गम्भीर छ। राष्ट्रिय लज्जाको विषय हो। यसको जिम्मेवारी संघीय संसदको नेतृत्वले लिनुपर्छ,’ उनले भने। शिक्षा विधेयक पनि सत्तापक्षकै कारण अड्किएको उनको आरोप छ।

त्यस्तै विपक्षीलाई छानी छानी मुद्दा चलाउने र जेल हाल्ने कामको पनि उनले विरोध गरे। ‘यो सरकारले विपक्षीलाई मुद्दा लगाउने र जेल हाल्ने काममात्र गरेको छ। भ्रष्टाचारीलाई जोगाउने काम गरेको छ। राजनीतिक रूपमा यो सरकारको वैधता समाप्त भएको छ,’ उनले भने।

Previous Post

जनकपुरमा ज्वाइँद्वारा ससुराको छुरा प्रहार गरी हत्या

Next Post

वीरगन्जको मेनरोड विस्तार जुनसुकै हालतमा भएपनि हुनैपर्छ : सांसद जयसवाल

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगन्जको मेनरोड विस्तार जुनसुकै हालतमा भएपनि हुनैपर्छ : सांसद जयसवाल

वीरगन्जको मेनरोड विस्तार जुनसुकै हालतमा भएपनि हुनैपर्छ : सांसद जयसवाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l