काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।
गभर्नर पौडेलले आज सार्वजनिक गर्नुभएको विवरणमा उहाँ र श्रीमतीका नाममा गरी १४ करोड रुपैयाँभन्दा धेरै शेयरमा लगानी छ । यस्तै पौडेल र उहाँको श्रीमतीका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी २७ लाख रुपैयाँ निक्षेप रहेको छ ।
यस्तै पौडेलकी श्रीमती प्रतिभा शर्माका नाममा ललितपुरको सैँबु र चितवनको गैँडाकोटमा एक/एक घर र जग्गा रहेको छ । यस्तै गर्भनर पौडेलकी श्रीमतीका नाममा एउटा कार रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
यसैगरी पौडेलसँग झन्डै ४५ तोला सुनका गहना र झन्डै १५ लाख रुपैयाँ बराबरका हिराका गहना रहेका छन् ।

