Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब रुपैयाँ राजस्व सङ्कलन

राष्ट्र आवाज by राष्ट्र आवाज
June 25, 2025
in समाचार
0
पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब रुपैयाँ राजस्व सङ्कलन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पर्सा – वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्न एक खर्ब ७४ अर्ब नौ करोड रुपैयाँ रकम खर्चिएको छ ।

आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव ४३ प्रतिशत रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र गाडीको आयातबाट प्राप्त हुने राजस्व रहेको बताउनुभयो ।

त्यस्तै दोस्रो धेरै राजस्व भने गाडी र तिनका पार्टपुर्जा आयातबाट १७ अर्ब ७० करोड रुपैयाँ रकम प्राप्त भएको छ । आयातबाट प्राप्त राजस्वमा गाडी र पार्टपुर्जाको हिस्सा भने ११ दशमलव २३ प्रतिशत छ ।

त्यसैगरी फलाम तथा फलामबाट बनेका सामानबाट पाँच अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । मेशिनरी तथा पार्टपुर्जा आयातबाट पाँच अर्ब २६ करोड रुपैयाँ सङ्कलन भएको छ ।

इलेक्ट्रिक मेशिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब ६७ करोड रुपैयाँ सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक लामिछानेले बताउनुभयो ।

चालू आर्थिक वर्षकै ११ महिनामा सबै प्रकारका कपडा आयातबाट तीन अर्ब ६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट दुई अर्ब ५८ करोड, शृङ्गारका सामान आयातबाट दुई अर्ब ५२ करोड, प्लास्टिकका कच्चा पदार्थ आयातबाट दुई अर्ब ३२ करोड तथा अन्य लुब्रिकेन्ट आयलको आयातबाट दुई अर्ब १९ करोड रुपैयाँ  राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिनुभयो ।

Previous Post

बहुदरमाई नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

Next Post

गभर्नर पाैडेलकाे सम्पत्ति विवरण : १४ कराेड रुपैयाँकाे शेयर, ४५ ताेला सुन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
गभर्नर पाैडेलकाे सम्पत्ति विवरण : १४ कराेड रुपैयाँकाे शेयर, ४५ ताेला सुन

गभर्नर पाैडेलकाे सम्पत्ति विवरण : १४ कराेड रुपैयाँकाे शेयर, ४५ ताेला सुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l