Tuesday, November 17, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

किर्ते हस्ताक्षर गरेर गाउँसभा पारित गरेको आरोपमा बसबरियाका अध्यक्ष पक्राउ

राष्ट्र आवाज by राष्ट्र आवाज
१ मंसिर, मंगलवार
किर्ते हस्ताक्षर गरेर गाउँसभा पारित गरेको आरोपमा बसबरियाका अध्यक्ष पक्राउ
0
SHARES
0
VIEWS

किर्ते हस्ताक्षर गरी गाउँसभा पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ मानपुर बजारबाट घर फर्किंदै गरेका रायलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलले राय पक्राउ परेको पुष्टि गरेका छन् । उनका अनुसार किर्ते हस्ताक्षर गरी गाउँसभा पारित गरेको आरोपमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

आर्थिक वर्ष २०८०/८१ को गाउँसभामा वडा नम्बर २ बाट निर्वाचित वडा सदस्य सुनैना सहनीको हस्ताक्षर किर्ते गरी बजेट पारित गरेको आरोप रायमाथि लागेको छ ।

गाउँसभा बैठकमा बजेटसम्बन्धी निर्णय गर्दा मत बराबर भएपछि गाउँपालिका अध्यक्ष रायले वडा सदस्य सहनीको हस्ताक्षर किर्ते गरेर बजेट पारित गराएको आरोप प्रहरी स्रोतले जनाएको छ ।

यस विषयलाई लिएर गाउँपालिकाकी उपाध्यक्ष पक्षले अध्यक्ष रायविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दाको आधारमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Tags: किर्ते हस्ताक्षरगाउँपालिका अध्यक्ष पक्राउगाउँसभा विवादजिल्ला अदालत सर्लाहीबजेट विवादबसबरिया गाउँपालिकाराजनीतिक समाचारराम सिंहासन रायसर्लाहीसर्लाही प्रहरीसुनैना सहनीस्थानीय तह
Previous Post

छठघाटमा ठूलो आवाजमा डिजे बजाएर अशान्ति फैलाएको आरोपमा पाँच जना पक्राउ

Next Post

मधेसमा बढ्दो यौनजन्य हिंसा रोकथाम गर्न तीनदिने सचेतनामूलक अभियान सुरु

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

किर्ते हस्ताक्षर
किर्ते हस्ताक्षर गरेर गाउँसभा पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय पक्राउ परेका छन् ।
राष्ट्र आवाजराष्ट्र आवाज