Tuesday, November 17, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

छठघाटमा ठूलो आवाजमा डिजे बजाएर अशान्ति फैलाएको आरोपमा पाँच जना पक्राउ

राष्ट्र आवाज by राष्ट्र आवाज
१ मंसिर, मंगलवार
छठघाटमा ठूलो आवाजमा डिजे बजाएर अशान्ति फैलाएको आरोपमा पाँच जना पक्राउ
0
SHARES
0
VIEWS

छठघाटमा ठूलो आवाजमा डिजे बजाएर ध्वनि प्रदूषण गर्नुका साथै सार्वजनिक स्थलमा अशान्ति फैलाएको आरोपमा प्रहरीले पर्सामा पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१७ स्थित केहुनिया र वडा नम्बर १९ को बर्वा तिलावे पुलस्थित छठघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२५ का २२ वर्षीय रोशन पटेल र २५ वर्षीय चन्दन पटेल तथा वडा नम्बर १० का २७ वर्षीय पृथ्वी कार्की रहेका छन् ।

त्यसैगरी, बाराको प्रसौनी गाउँपालिका–३ का ३५ वर्षीय दिनेश पटेल र वडा नम्बर २ का २८ वर्षीय मन्जुर हवारी पनि पक्राउ परेका छन् ।

सार्वजनिक स्थलमा अत्यधिक आवाजमा डिजे बजाएर ध्वनि प्रदूषण गर्ने, अशान्ति फैलाउने तथा शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई प्रहरी कार्यालयमा राखेर कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Tags: अपराध समाचारछठघाटछठपर्वजिल्ला प्रहरी कार्यालय पर्साडिजे आतंकध्वनि प्रदूषणपर्सा प्रहरीपाँच जना पक्राउबारामधेश प्रदेशवीरगञ्जशान्ति सुरक्षास्थानीय समाचार
Previous Post

वीरगन्ज कपडा बैंक द्वारा छठ महापर्वको अवसरमा छठव्रतालुहरुमा नया साडी र कपडा वितरण ।

Next Post

किर्ते हस्ताक्षर गरेर गाउँसभा पारित गरेको आरोपमा बसबरियाका अध्यक्ष पक्राउ

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज