Thursday, August 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

कुशलको अलराउन्ड प्रदर्शनमा नेपाल ‘ए’को लगातार दोस्रो जित

राष्ट्र आवाज by राष्ट्र आवाज
August 27, 2026
in खेलकुद
0
कुशलको अलराउन्ड प्रदर्शनमा नेपाल ‘ए’को लगातार दोस्रो जित
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

कप्तान कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपाल ‘ए’ले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित हात पारेको छ। नेपालले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई चार विकेटले पराजित गरेको हो ।

डार्विनस्थित मरारा क्रिकेट मैदानमा एसीटीले दिएको १४१ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाए। उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।

पवन सराफले अविजित २९, मयन यादवले २१ तथा लोकेश बमले १२ रनको योगदान दिए । एसीटीका जेक केओघले तीन तथा जित मेहताले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एसीटीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४० रन बनाएको थियो । उसका लागि डिलन हन्टरले ४४ रन बनाए भने अंश तिवारी र कप्तान निक ब्रोएसले समान १९ तथा जेक स्मिथले १४ रन जोडे ।

नेपालका लागि कुशल भुर्तेलले तीन विकेट लिए । युवराज खत्रीले दुई तथा साहब आलम, पवन सराफ र विपिन खत्रीले एक–एक विकेट लिए। जितसँगै नेपालले चार खेलबाट चार अंक जोडेको छ । चारवटै खेलमा पराजित एसीटी भने अंकविहीन छ ।

प्रतियोगितामा नेपालले यसअघि नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट तथा बंगलादेश हाइ पर्फर्मेन्स टिमसँग नौ विकेटको फराकिलो हार बेहोरेको थियो । त्यसपछि होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले पराजित गरेको नेपालले एसीटीविरुद्धको जितसँगै लगातार दुई खेलमा सफलता हात पारेको हो ।

नेपाल ‘ए’ले आज किंग्समेन एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ ।

Previous Post

Next Post

बाढीपहिरोका कारण नौ जिल्लाका प्रमुख सडकखण्डमा यातायात प्रभावित

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बाढीपहिरोका कारण नौ जिल्लाका प्रमुख सडकखण्डमा यातायात प्रभावित

बाढीपहिरोका कारण नौ जिल्लाका प्रमुख सडकखण्डमा यातायात प्रभावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l