लालबाबु सिंह १८ असार वीरगन्ज । वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा प्रत्येक महिना झै शुक्रबार नियमित मासिक नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक आइतबार देखि शुक्रवार सम्म बिहान १० देखि ६ बजे सम्म र शनिबार १ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज ८ बाट बिपन्न असहायहरु लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार वीरगन्जको घण्टाघर अगाडि स्व रामजनम तिवारी बाबाको सालिक परिसरमा नया पुराना गरि करिब ८ सय थान कपड़ा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताए ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि , बिशिस्ट अतिथि सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, सल्लाहकार सरदार जसपाल सिंह , BPS+ 2 college का संचालक दिपक पटेल, ज्ञान निकेतन स्कुलका निर्देशक किशन सिंह , समाजसेवी गौरी गुप्ता , कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत , युवा समाजसेवी हुकुम सिंह राजपुत, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, घण्टाघर प्रहरी पोस्टका प्रमुख असइ महेन्द्र कुमार चौधरी , सन्चारकर्मीहरु अर्जुन चौधरी, श्रीनारायण महतो, आकाश पटेल ,बैंकका सदस्यहरु निला राम,जानकी देवि, हरेन्द्र पटेल ,संजय मण्डल ,नवराज भट्टराई ,सन्जु साह , शिव श्रेष्ठ ,सुरज श्रीवास्तव, रामेश्वर प्रसाद कलवार,कर्मचारी मिथलेश श्रीवास्तव लगायतको सहभागिता रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले कोहि नाङ्गो नरहोस भनी उद्देशय लाई मुल मन्त्रलाई आत्मसात गरेर बिगत ७ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सहयोग पुर्याएर सेवा गर्दै आइरहेको छ । हामी सम्पुर्णले आआफ्नो आम्दानिको ५ देखि १०% रकम समाजिक सेवामा दिन दुखी असहायको सेवा सहयोगमा खर्चिनु पर्ने बानी बसाल्न आग्रह गर्नु हुँदै वीरगन्ज कपडा बैंकको नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु सुभेच्छुकहरु, सन्चारकर्मिहरु , संस्थाका सल्लाहकारहरु ,पदाधिकारी सदस्यहरु लाई हार्दिक आभार प्रकट गर्नु भएको थियो ।
अध्यक्ष सिंहले बैंकको अभियान एवं आजको कार्यक्रममा प्रत्यक्ष सेवा गर्दै हाम्रो अभियानमा स्पिकर माइक सहयोग गरि हौसला थपी दिने BPS + 2 क्लेजका निर्देशक दिपक पटेल लगायत सहयोगि सम्पुर्ण दाता, सल्लाहकार , शुभेच्छुक ,सहभागी पदाधिकारी सदस्यजन प्रती आभार व्यक्त गरेका थिए ।
