Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बिर्तामोडका दुई उद्योगमा एकैसाथ आगलागी

राष्ट्र आवाज by राष्ट्र आवाज
April 14, 2026
in समाचार, समाज, सम–सामयिक
0
बिर्तामोडका दुई उद्योगमा एकैसाथ आगलागी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 झापाको बिर्तामोड नगरपालिका–४ मा सञ्चालनमा रहेका दुई उद्योगमा आज बिहान आगलागी हुँदा ठूलो क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आगलागीबाट ‘झापाली चिप्स फ्याक्ट्री’ र ‘सौगात काष्ठ फर्निचर उद्योग’मा ठूलो क्षति पुगेको छ ।

बिहान करिब ४:१५ बजे एकैसाथ आगलागी भएको ती दुवै उद्योगमा कच्चा पदार्थ, तयारी सामान र मेसिनरी उपकरण जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुमानअनुसार करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरे, स्थानीय तहका दमकल तथा स्थानीयवासी परिचालित भएका थिए । केहीबेरको प्रयासपछि आगो नियन्त्रणमा आएको हो ।

आगलागीको कारण खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

वैशाख १ मा सलहेश फूलबारीमा भव्य मेला, ‘सुनाखरी’ फूल प्रमुख आकर्षण

Next Post

कार्यालय सार्ने निर्णयविरुद्ध हनुमाननगर कङ्कालिनीमा तालाबन्दी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
कार्यालय सार्ने निर्णयविरुद्ध हनुमाननगर कङ्कालिनीमा तालाबन्दी

कार्यालय सार्ने निर्णयविरुद्ध हनुमाननगर कङ्कालिनीमा तालाबन्दी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l