Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

आमसञ्चार प्राधिकरणद्वारा दुई दिने समाचार लेखन तथा सम्पादन तालिम सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
April 8, 2026
in समाचार, समाज
0
आमसञ्चार प्राधिकरणद्वारा दुई दिने समाचार लेखन तथा सम्पादन तालिम सम्पन्न
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

आमसञ्चार प्राधिकरणको आयोजनामा मधेस प्रदेशमा दर्ता भएका अनलाइन सञ्चारकर्मीहरूका लागि सञ्चालन गरिएको दुई दिने समाचार लेखन तथा सम्पादन तालिम बुधबार धल्केवर स्थित कोमल होटेलमा सम्पन्न भएको छ। प्रदेशका आठै जिल्लाबाट सहभागी सञ्चारकर्मीहरूको उपस्थितिमा आयोजित उक्त तालिमले पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको थियो।

तालिमको उद्घाटन मधेस प्रदेशका अर्थमन्त्री महेश यादवले दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटनका क्रममा उनले अनलाइन सञ्चारमाध्यमहरूलाई सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्दै समाजको ऐनाको रूपमा भूमिका निर्वाह गर्न आग्रह गरे।

उद्घाटन सत्र मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादव तथा आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्रकुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्राधिकरणका निमित्त प्रशासकीय प्रमुख सन्तोषकुमार साहलगायतका कर्मचारीहरूले व्यवस्थापनमा सहयोग पुर्‍याएका थिए।

तालिमको पहिलो र दोस्रो दिन नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा तथा प्रशिक्षक कृष्ण अधिकारीले प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा अनलाइन पत्रकारिताको बढ्दो प्रभाव, समाचार सङ्कलनका आधुनिक विधि, सम्पादनका प्राविधिक पक्ष तथा पत्रकारिता आचारसंहिताका विषयमा विस्तृत रूपमा जानकारी गराइएको थियो।

यसैगरी तालिममा समाचारको संरचना, प्रभावकारी हेडलाइन लेखन, तथा डिजिटल प्लेटफर्ममा समाचारको विश्वसनीयता कायम राख्ने उपायहरूबारे पनि सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो।तालिममा सहभागी सञ्चारकर्मीहरूले यस्ता कार्यक्रमले आफ्नो पेशागत सीप निखार्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

मधेस प्रदेशमा हाल १०४ वटा अनलाइन सञ्चारमाध्यम दर्ता रहेका छन्, र यस तालीममा विभिन्न जिल्ला बाट आएका ६०जना संचारकर्मीहरुको सहभागीता रहेको थियोे।कार्यक्रम समापन पश्चात् सबै संचारकर्मीहरु लाई प्रमाणपत्र दिइएको थियोे।

Previous Post

जीतपुरसिमरामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन उपमहानगरपालिकाको चेतावनी

Next Post

वीरगञ्जमा तेस्रो श्री जगन्नाथ रथ यात्रा चैत्र २८ गते

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगञ्जमा तेस्रो श्री जगन्नाथ रथ यात्रा चैत्र २८ गते

वीरगञ्जमा तेस्रो श्री जगन्नाथ रथ यात्रा चैत्र २८ गते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l