Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्जमा तेस्रो श्री जगन्नाथ रथ यात्रा चैत्र २८ गते

राष्ट्र आवाज by राष्ट्र आवाज
April 9, 2026
in समाचार, समाज, सम–सामयिक
0
वीरगञ्जमा तेस्रो श्री जगन्नाथ रथ यात्रा चैत्र २८ गते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) वीरगञ्जले तेस्रो पटक श्री जगन्नाथ रथ यात्रा २०८२ आयोजना गर्ने भएको छ। यो भव्य आध्यात्मिक कार्यक्रम यही चैत्र २८ गते, अर्थात् अप्रिल ११, २०२६ का दिन दिउँसो १ बजेदेखि सुरु हुने जनाइएको छ।

वैदिक परम्पराअनुसार मनाइने रथ यात्रा भगवान् जगन्नाथ, बलदेव र सुभद्राको दिव्य यात्राको प्रतीक हो। यस अवसरमा भगवानहरूको रथ नगर परिक्रमा गराइन्छ, जसले सबै भक्तजनलाई दर्शन तथा आशीर्वाद प्राप्त गर्ने अवसर प्रदान गर्दछ। यस पर्वले समाजमा एकता, भक्ति र सद्भावको सन्देश फैलाउने विश्वास गरिएको छ।

कार्यक्रमअन्तर्गत भव्य रथ यात्रा, भजन–कीर्तन, आध्यात्मिक प्रवचन तथा हजारौं श्रद्धालुका लागि निःशुल्क प्रसाद वितरण गरिनेछ।रथ यात्रा गहवा माई पार्कबाट सुरु भई मकालु होटल, पूजन होटल, कैलाश होटल हुँदै अर्वा पोखरी र गौतम मन्दिर रोड पार गर्दै पुनः माइस्थान पार्कमा समापन हुने कार्यक्रम रहेको छ।

आयोजकका अनुसार कार्यक्रमका लागि करिब पाँच लाख पचास हजार रुपैयाँ खर्च अनुमान गरिएको छ। साथै, हजारौं भक्तजनलाई लक्षित गरी प्रसाद, यातायात, ट्राफिक व्यवस्थापन तथा सुरक्षा व्यवस्थालाई प्राथमिकता दिइएको छ।

यस रथ यात्रामा पर्सा, बारा, रौतहट जिल्लाका साथै भारतको रक्सौल क्षेत्रबाट समेत चार हजारदेखि छ हजारसम्म श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आवश्यक सुरक्षा व्यवस्था मिलाउनेछन्।

आयोजकले सम्पूर्ण भक्तजन तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आग्रह गरेको छ।

Previous Post

आमसञ्चार प्राधिकरणद्वारा दुई दिने समाचार लेखन तथा सम्पादन तालिम सम्पन्न

Next Post

मन्त्री दिपककुमार साह पदमुक्त

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मन्त्री दिपककुमार साह पदमुक्त

मन्त्री दिपककुमार साह पदमुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l