Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

ग्रीसले आउँदो वर्षदेखि १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

राष्ट्र आवाज by राष्ट्र आवाज
April 9, 2026
in विश्व, समाचार, समाज, सम–सामयिक
0
ग्रीसले आउँदो वर्षदेखि १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

ग्रीस ले सन् २०२७ को जनवरी १ देखि १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। प्रधानमन्त्री किरियाकोस मित्सोटाकिस ले उक्त निर्णयको उद्देश्य बालबालिकामा बढ्दो चिन्ता, निद्रा समस्या र स्क्रिन लतलाई नियन्त्रण गर्नु रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स का अनुसार, गएको फेब्रुअरीमा गरिएको एक मत सर्वेक्षणमा करिब ८० प्रतिशत सहभागीहरूले यस्तो प्रतिबन्धको समर्थन गरेका छन्।

ग्रीक सरकारले यसअघि नै विद्यालयहरूमा मोबाइल फोन प्रयोगलाई गैरकानूनी घोषणा गरिसकेको छ। साथै, किशोरकिशोरीहरूको स्क्रिन समय सीमित गर्न अभिभावकीय नियन्त्रण प्लेटफर्महरू समेत कार्यान्वयनमा ल्याइएको छ।

यस सम्बन्धी कानून २०२६ को मध्यतिर ग्रीसको संसद् बाट पारित गरिने अपेक्षा गरिएको छ।

यसबीच, बेलायत, मलेशिया, फ्रान्स, डेनमार्क र पोल्यान्ड लगायतका देशहरूले पनि सामाजिक सञ्जालसम्बन्धी नियमहरू कडा बनाउने दिशामा काम गरिरहेका छन्।

यसअघि गएको डिसेम्बरमा अस्ट्रेलिया ले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लागू गर्दै यस्तो कदम चाल्ने विश्वकै पहिलो देश बनेको थियो।

Previous Post

पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा

Next Post

अब निर्बाचन क्षेत्रमै सांसदको सचिबालय

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
अब निर्बाचन क्षेत्रमै सांसदको सचिबालय

अब निर्बाचन क्षेत्रमै सांसदको सचिबालय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l