Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जीतपुरसिमरामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन उपमहानगरपालिकाको चेतावनी

राष्ट्र आवाज by राष्ट्र आवाज
April 8, 2026
in समाचार, समाज, सम–सामयिक
0
जीतपुरसिमरामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन उपमहानगरपालिकाको चेतावनी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ भित्र पर्ने सार्वजनिक तथा गोचर जग्गामा निर्माण गरिएका अवैध संरचना हटाउन सम्बन्धित पक्षलाई सूचना जारी गरेको छ।

उपमहानगरपालिकाको कार्यपालिका कार्यालयद्वारा जारी सूचनामा जीतपुरस्थित पथलैया–वीरगञ्ज ६ लेन सडकको पूर्व–पश्चिम क्षेत्रमा पर्ने साविक जीतपुर भवानीपुर गाविस वडा नं. ३ का विभिन्न कित्तामा अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिइएको उल्लेख छ।

सूचनाअनुसार, आगामी २०८३ साल बैशाख २ गतेभित्र सबै अवैध संरचना स्वेच्छाले हटाउन आग्रह गरिएको छ। तोकिएको समयसीमाभित्र संरचना नहटाइएमा बैशाख ३ गते बिहान ७ बजेदेखि उपमहानगरपालिकाले आफैं हटाउने चेतावनी दिएको छ।

त्यसक्रममा लाग्ने सम्पूर्ण खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ (४) अनुसार सम्बन्धित व्यक्तिबाट असुल गरिने पनि जनाइएको छ।

प्रशासनिक अधिकृत रामेश्वर बनजाराद्वारा हस्ताक्षरित उक्त सूचनामा सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन यो कदम चालिएको स्पष्ट पारिएको छ।

Previous Post

प्रधानमन्त्री शाहद्वारा राजदूतहरूसँग सामूहिक भेट, कूटनीतिमा नयाँ अभ्यास

Next Post

आमसञ्चार प्राधिकरणद्वारा दुई दिने समाचार लेखन तथा सम्पादन तालिम सम्पन्न

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
आमसञ्चार प्राधिकरणद्वारा दुई दिने समाचार लेखन तथा सम्पादन तालिम सम्पन्न

आमसञ्चार प्राधिकरणद्वारा दुई दिने समाचार लेखन तथा सम्पादन तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l