राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल तथा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ललगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
नेकपा (एमाले)की सांसद भण्डारी हिजो राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

