Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

गण्डक नहरको तिलाबे खोलामा निर्माणाधीन बेलीब्रिज सुस्त गतिमा, तोकिएको समयमै सम्पन्न हुनेमा अन्योल

ठेकेदारको ढिलासुस्तीले ३०% मात्र प्रगति, स्थानीयलाई आवागमनमा सास्ती

राष्ट्र आवाज by राष्ट्र आवाज
April 7, 2026
in समाचार, समाज, सूचना/प्रविधि
0
गण्डक नहरको तिलाबे खोलामा निर्माणाधीन बेलीब्रिज सुस्त गतिमा, तोकिएको समयमै सम्पन्न हुनेमा अन्योल
2
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

गण्डक नहरस्थित तिलाबे खोलामा निर्माणाधीन बेलीब्रिज (फलामे पुल) जडान कार्य अत्यन्त सुस्त गतिमा अघि बढिरहेको छ ।

ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण हालसम्म निर्माण कार्यको भौतिक प्रगति करिब ३० प्रतिशत मात्रै पुगेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगन्ज अन्तर्गत निर्माण भइरहेको उक्त बेलीब्रिजको ठेक्का ममता इन्टरप्राइजेज एन्ड कन्स्ट्रक्सन प्रालि, लोकन्थली भक्तपुरले लिएको हो ।

कार्यालयका अनुसार परियोजनाको कुल लागत करिब २ करोड ४६ लाख ६० हजार ८ सय १२ रुपैयाँ रहेको छ । सम्झौता अनुसार पुल निर्माण कार्य २०२५ डिसेम्बर १५ देखि सुरु भई २०२६ मे १५ भित्र सम्पन्न गरिसक्नुपर्नेछ । तर हालको सुस्त गतिलाई हेर्दा तोकिएको समयमै निर्माण सम्पन्न हुनेमा अन्योल देखिएको छ।

तीन वर्षअघि असारमा आएको बाढीले सोही स्थानमा रहेको आरसीसी पुलमा क्षति पुर्‍याएपछि सवारी साधन आवागमन प्रभावित भएको थियो । पुलको पिलरमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा रोक लगाइएको छ । यद्यपि पैदलयात्री, साइकल तथा मोटरसाइकल प्रयोगकर्ताहरूले अझै पनि जोखिम मोलेर पुल प्रयोग गर्दै आएका छन् ।

जिल्ला सदरमुकाम वीरगन्जलाई उत्तरी–पश्चिमी भेगसँग जोड्ने गण्डक नहरको एप्रोच सडकमा पर्ने यो पुल जिल्लाका करिब ४० प्रतिशत बासिन्दाको मुख्य आवागमन मार्ग हो । पुल निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासीले दैनिक सास्ती भोग्दै आएका छन् ।

स्थानीयका अनुसार पुलमा थप क्षति पुगेमा गण्डक नहरको साइफनमा समेत असर पर्न सक्ने र नहर प्रणाली अवरुद्ध हुने जोखिम बढ्दै गएको छ ।

Tags: #वीरगन्ज #गण्डकनहर #तिलाबेखोला #बेलीब्रिज #निर्माणढिलाइ #पूर्वाधार #स्थानीयसमस्या #सिँचाइपरियोजना
Previous Post

मधेश प्रदेशमा उद्योग वाणिज्य महासंघको सातौं प्रदेश सभा सम्पन्न

Next Post

राष्ट्रियसभाकी उपाध्यक्ष लीला भण्डारीद्वारा पद तथा गोपनीयताको शपथ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
राष्ट्रियसभाकी उपाध्यक्ष लीला भण्डारीद्वारा पद तथा गोपनीयताको शपथ

राष्ट्रियसभाकी उपाध्यक्ष लीला भण्डारीद्वारा पद तथा गोपनीयताको शपथ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l