काठमाडौं । रामसहायप्रसाद यादव अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। उनलाई सोमबार राति करिब ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मा भर्ना गरिएको हो।
अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेल का अनुसार उच्च रक्तचाप (प्रेसर) बढेपछि उपराष्ट्रपति यादवलाई अस्पताल ल्याइएको हो। “राति सुत्ने बेला असहज महसुस भएपछि अस्पताल ल्याइएको थियो। ल्याउँदा प्रेसर उच्च थियो र पेटमा ग्यासको समस्या पनि देखिएको थियो,” उनले बताए।
हाल उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। डा. रत्नमणि गजुरेल नेतृत्वको चिकित्सक टोली तथा पेटरोग विशेषज्ञहरू उनको उपचारमा संलग्न छन्।
अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद