Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

इजरायली–अमेरिकी आक्रमणमा आईआरजीसीका गुप्तचर प्रमुख मारिएको दाबी

राष्ट्र आवाज by राष्ट्र आवाज
April 6, 2026
in विश्व, समाचार
0
इजरायली–अमेरिकी आक्रमणमा आईआरजीसीका गुप्तचर प्रमुख मारिएको दाबी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा इरानको Islamic Revolutionary Guard Corps (आईआरजीसी) का गुप्तचर प्रमुख माजिद खादेमी मारिएका छन्।

आईआरजीसीले विज्ञप्ति जारी गर्दै आफ्ना गुप्तचर प्रमुख खादेमी मारिएको पुष्टि गरेको हो। इजरायली रक्षामन्त्री इजरायल काट्ज तथा Israel Defense Forces (आईडीएफ) ले उक्त कारबाहीको जिम्मेवारी लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

खादेमी गत वर्ष जुनमा भएको १२ दिने द्वन्द्वपछि गुप्तचर प्रमुख नियुक्त भएका थिए। उक्त द्वन्द्वका क्रममा इजरायली आक्रमणमा पूर्व गुप्तचर प्रमुख मोहम्मद काजेमी मारिएपछि उनले जिम्मेवारी सम्हालेका थिए।

खादेमीले गत जनवरीमा भएको सरकारविरोधी प्रदर्शनमा अमेरिका, इजरायललगायत १० देशका गुप्तचर निकायको संलग्नता रहेको आरोप लगाएका थिए।

यसअघि फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि संयुक्त आक्रमण गर्दै सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सहित उच्च तहका अधिकारीहरूलाई लक्षित कारबाही गरेको दाबी गरिएको थियो।

पछिल्लो घटनाले मध्यपूर्व क्षेत्रमा तनाव थप चुलिएको छ भने अन्तर्राष्ट्रिय समुदायले स्थिति नजिकबाट निगरानी गरिरहेको छ।

Previous Post

राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

Next Post

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l