काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न आज सचिवालय बैठक बोलाएको छ।
पार्टी सभापति रवि लामिछाने को निर्देशनअनुसार सचिवालयको बैठक बस्न लागेको प्रवक्ता मनिष झा ले जानकारी दिए। उनका अनुसार बैठकको समय र स्थान भने हालसम्म तय भइसकेको छैन।
बैठकमा प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिस गरिने उम्मेदवारको नामावली टुंगो लगाउने विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ। साथै पार्टीभित्रका अन्य समसामयिक विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए।
यस्तै, बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह लाई प्रधानमन्त्री बनाउने बाटो खुलाउने गरी पार्टी विधान संशोधन गर्ने विषयमा समेत प्रारम्भिक छलफल हुने सम्भावना रहेको स्रोतले जनाएको छ।
रास्वपाले पछिल्लो निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेसँगै सरकार गठन र नेतृत्वबारे पार्टीभित्र आन्तरिक छलफल तीव्र बनेको छ।

