काठमाडौं — नेपाल आयल निगमले आजदेखि बजारमा आधा सिलिन्डर ग्यास वितरण सुरु गरेको छ। आपूर्ति असहज बनेको र ग्यास अभावको आशंकाका कारण निगमले उपभोक्तासम्म ग्यास पुर्याउन यस व्यवस्था लागू गरेको जनाएको छ।
टेकुस्थित निगमको कार्यालयमा वितरण सुरु भएपछि उपभोक्ताहरू लामो लाइनमा उभिनुपर्ने अवस्था बनेको छ। उपभोक्ताहरूले ग्यास नपाएर भौतारिरहेको र मूल्य वृद्धि गर्ने उद्देश्यले केही विक्रेताले ग्यास लुकाइरहेको गुनासो गरेका छन्।
मध्यपूर्वी देशहरूमा भइरहेको युद्धका कारण भारतबाट ग्यास आपूर्ति प्रभावित हुन सक्ने डरले बजारमा कृत्रिम अभाव देखिएको छ। निगमले ग्यास आपूर्तिमा कुनै समस्या नभएको दाबी गरेको छ।
यसैबीच, निगमले आधा सिलिन्डर वितरण गर्दा धेरै उपभोक्तासम्म ग्यास पुग्ने र स्टकिङ प्रवृत्ति घट्ने आशा व्यक्त गरेको छ।

