Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नेपाल उद्योग वाणिज्य संघ वीरगञ्जको ५०औँ वार्षिक साधारण सभा सम्पन्न, शिक्षासेवी उर्मिला लामा सहित दर्जनौँ व्यक्तित्व सम्मानित

राष्ट्र आवाज by राष्ट्र आवाज
March 12, 2026
in अर्थ, राजनीति, समाचार, समाज, सम–सामयिक
0
नेपाल उद्योग वाणिज्य संघ वीरगञ्जको ५०औँ वार्षिक साधारण सभा सम्पन्न, शिक्षासेवी उर्मिला लामा सहित दर्जनौँ व्यक्तित्व सम्मानित
2
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज -नेपाल उद्योग वाणिज्य संघ वीरगञ्जको ५०औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभाको अवसरमा आयोजित विशेष समारोहबीच गौतम स्कुलकी संस्थापक तथा शिक्षासेवी उर्मिला लामा सहित दर्जनौँ व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।

शिक्षा क्षेत्रमा लामो समयदेखि पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै संघले उर्मिला लामालाई प्रशंसा पत्रसहित सम्मान प्रदान गरेको हो। समाज, शिक्षा, उद्योग तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका अन्य व्यक्तिहरूलाई पनि सो अवसरमा सम्मान गरिएको संघले जनाएको छ।

बिहीबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल तथा संघका अध्यक्ष हरिप्रसाद गौतमले सम्मानित व्यक्तित्वहरूलाई प्रशंसा पत्र प्रदान गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै गभर्नर पौडेलले निजी क्षेत्रले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उद्योग–व्यवसायको प्रवर्द्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

संघका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले वीरगञ्ज उद्योग वाणिज्य संघले विगतदेखि नै उद्योगी–व्यवसायीको हकहित संरक्षण, व्यापार प्रवर्द्धन तथा सामाजिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। उनले आगामी दिनमा पनि संघले आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक योगदान दिँदै जाने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा उद्योगी–व्यवसायी, शिक्षासेवी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले वीरगञ्जको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा संघले पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै यस्ता कार्यक्रमले समाजमा प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए।

Previous Post

प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर

Next Post

पर्साको ठोरीमा हात्ती र बाघको बढ्दो आतंकले स्थानीय त्रसित

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्साको ठोरीमा हात्ती र बाघको बढ्दो आतंकले स्थानीय त्रसित

पर्साको ठोरीमा हात्ती र बाघको बढ्दो आतंकले स्थानीय त्रसित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l