Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्साको ठोरीमा हात्ती र बाघको बढ्दो आतंकले स्थानीय त्रसित

राष्ट्र आवाज by राष्ट्र आवाज
March 13, 2026
in समाचार, समाज, सम–सामयिक
0
पर्साको ठोरीमा हात्ती र बाघको बढ्दो आतंकले स्थानीय त्रसित

फाइल तस्बिर ।

0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पर्सा – पर्साको ठोरी गाउँपालिकामा पछिल्लो समय जंगली हात्ती र बाघको आतंक बढ्दै गएको छ। मानव बस्ती नजिकै वन्यजन्तुको आवागमन बढेपछि स्थानीयवासी त्रासमा बस्न बाध्य भएका छन्।

ठोरी गाउँपालिका–२ हनुमाननगर आसपासको क्षेत्रमा पछिल्ला केही दिनयता जंगली हात्ती नियमित रूपमा देखिन थालेको स्थानीयले बताएका छन्। प्रायः रातको समयमा चितवन राष्ट्रिय निकुञ्जतर्फको जंगलबाट निस्किएर मानव बस्ती नजिकसम्म आउने गरेको उक्त हात्तीका कारण स्थानीयमा डरको वातावरण सिर्जना भएको हो।

स्थानीय चिरञ्जीवी सापकोटाका अनुसार हात्ती अहिलेसम्म बस्तीभित्र प्रवेश नगरे पनि मानव बस्ती नजिकसम्म आइपुगेकाले जुनसुकै बेला ठूलो क्षति हुन सक्ने आशंका बढेको छ। ‘अहिले बालीको सिजन छैन, तर हात्ती बस्तीनजिकै देखिन थालेपछि स्थानीय निकै त्रसित भएका छन्,’ उनले भने, ‘यदि बालीको समयमा आयो भने ठूलो नोक्सानी हुन सक्छ।’

ठोरी क्षेत्र भौगोलिक रूपमा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भले चारैतिरबाट घेरिएको क्षेत्र हो। यस कारण यहाँ जंगली जनावरको आवागमन धेरै हुने गरेको स्थानीय बताउँछन्।

हात्ती मात्र होइन, चित्तल, बँदेल, नीलगाई लगायतका वन्यजन्तुले बर्सेनि स्थानीय किसानको बालीनालीमा क्षति पु¥याउने गरेका छन्। किसानका अनुसार उनीहरूले लगाएको धान, मकै लगायतका बाली पूर्ण रूपमा भित्र्याउन पाउने अवस्था प्रायः हुँदैन। वन्यजन्तुले खेतबारीमा प्रवेश गरी बाली नष्ट गर्दा किसानले लगानीअनुसार प्रतिफल पाउन नसक्ने अवस्था वर्षौंदेखि दोहोरिँदै आएको छ।

यसैबीच, ठोरी गाउँपालिका–१ गौतमनगर पूर्व हुलाकी सडक आसपासको क्षेत्रमा पछिल्लो झण्डै एक महिनादेखि बाघको आतंक पनि बढेको स्थानीयले बताएका छन्। स्थानीयले जडान गरेको सीसीटीभी क्यामेरामा हुलाकी सडक आसपास बाघ आवतजावत गरिरहेको दृश्यसमेत कैद भएको छ।

बाघको गतिविधि देखिएपछि साँझपख घरबाहिर निस्कन स्थानीय डराउन थालेका छन्। विशेषगरी बालबालिका तथा पशुचौपायाको सुरक्षालाई लिएर स्थानीय चिन्तित बनेका छन्।

समयमै उचित व्यवस्थापन नगरिए मानव–वन्यजन्तु द्वन्द्व अझ बढ्ने स्थानीयको चिन्ता छ। अहिले हात्ती र बाघको गतिविधि बढेपछि ठोरी क्षेत्रका बासिन्दा सधैं त्रासको वातावरणमा बस्न बाध्य भएका छन्।

Previous Post

नेपाल उद्योग वाणिज्य संघ वीरगञ्जको ५०औँ वार्षिक साधारण सभा सम्पन्न, शिक्षासेवी उर्मिला लामा सहित दर्जनौँ व्यक्तित्व सम्मानित

Next Post

उम्मेदवारले धमाधम बुझाउँदै चुनावी खर्च विवरण, कसले कति खर्च गरे?

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
उम्मेदवारले धमाधम बुझाउँदै चुनावी खर्च विवरण, कसले कति खर्च गरे?

उम्मेदवारले धमाधम बुझाउँदै चुनावी खर्च विवरण, कसले कति खर्च गरे?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l