Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर

राष्ट्र आवाज by राष्ट्र आवाज
March 12, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
समानुपातिकमा पनि रास्वपाको अग्रता, ५० लाख मत कट्यो
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — प्रतिनिधिसभामा सीमान्तकृत समुदायको उपस्थिति अपेक्षाकृत रूपमा कमजोर देखिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १६५ सिटमध्ये जम्मा १४ जना अर्थात् ८.४८ प्रतिशत मात्रै सीमान्तकृत समुदायका उम्मेदवार निर्वाचित भएका छन्।

तथ्याङ्कअनुसार आदिवासी जनजाति समुदायबाट २६ जना (१५.७६ प्रतिशत), मधेशी समुदायबाट २८ जना (१६.९७ प्रतिशत), थारू समुदायबाट पाँच जना (३.०३ प्रतिशत), मुस्लिम समुदायबाट चार जना (२.४२ प्रतिशत) र दलित समुदायबाट मात्र एक जना (०.६१ प्रतिशत) निर्वाचित भएका छन्।

सीमान्तकृत समुदायभित्र पनि करिब १३.४ प्रतिशत जनसङ्ख्या रहेको दलित समुदायको प्रतिनिधित्व अत्यन्त न्यून देखिएको छ।

समानुपातिक प्रणालीतर्फ दलहरूले प्राप्त गरेको मतका आधारमा दलित क्लस्टरबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट सात महिला र दुई पुरुष गरी नौ जना प्रतिनिधिसभामा आउने देखिन्छ। त्यस्तै नेपाली कांग्रेसबाट दुई महिला र एक पुरुष, नेकपा (एमाले) बाट एक महिला तथा नेकपाबाट एक महिला गरी जम्मा १४ जना दलित प्रतिनिधि संसद्मा आउने अनुमान गरिएको छ।

यो सङ्ख्या प्रतिनिधिसभाको कुल सदस्य सङ्ख्याको झन्डै पाँच प्रतिशत मात्रै हो। अघिल्लो संसद् र संविधानसभाको तथ्याङ्क हेर्दा दलित समुदायको प्रतिनिधित्व क्रमशः घट्दै गएको देखिएको छ।

Previous Post

इरानले विश्वकप नखेल्ने

Next Post

नेपाल उद्योग वाणिज्य संघ वीरगञ्जको ५०औँ वार्षिक साधारण सभा सम्पन्न, शिक्षासेवी उर्मिला लामा सहित दर्जनौँ व्यक्तित्व सम्मानित

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
नेपाल उद्योग वाणिज्य संघ वीरगञ्जको ५०औँ वार्षिक साधारण सभा सम्पन्न, शिक्षासेवी उर्मिला लामा सहित दर्जनौँ व्यक्तित्व सम्मानित

नेपाल उद्योग वाणिज्य संघ वीरगञ्जको ५०औँ वार्षिक साधारण सभा सम्पन्न, शिक्षासेवी उर्मिला लामा सहित दर्जनौँ व्यक्तित्व सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l