भरतपुर । चितवन क्षेत्र नम्बर–२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अग्रस्थानमा पुगेका छन्।
प्रारम्भिक मतगणनामा एमाले उम्मेदवार अस्मिन घिमिरे भन्दा पछि रहेका लामिछाने पछिल्लो गणनामा भने उनलाई उछिन्दै अग्रता लिन सफल भएका हुन्।
हालसम्मको मतपरिणाम अनुसार लामिछानेले १ हजार १५८ मत प्राप्त गरेका छन् भने एमालेका घिमिरेले ९०८ मत पाएका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार प्रताप गुरुङ ७७५ मतसहित तेस्रो स्थानमा छन्। अर्की उम्मेदवार मीना खरेल ले ५३९ मत प्राप्त गरेकी छन्।
मतगणना जारी रहेको र थप परिणाम आउँदै जाने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

