Sunday, November 22, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

पर्सा र बाराका सरकारी कार्यालयले विकास बजेट खर्च गर्न सकेनन्

पर्सामा ८२.४८ प्रतिशत र बारामा ८५.८७ प्रतिशत मात्र बजेट खर्च भएको छ।

राष्ट्र आवाज by राष्ट्र आवाज
१५ श्रावण, बिहीबार
पर्सा र बाराका सरकारी कार्यालयले  विकास बजेट खर्च गर्न सकेनन्
0
SHARES
0
VIEWS

 साउन १५ — मधेश प्रदेश सरकार मातहतका पर्सा र बारा जिल्लास्थित कार्यालयहरूले गत आर्थिक वर्षमा ठूलो परिमाणको विकास बजेट खर्च गर्न सकेनन्।

प्रदेश लेखा इकाई कार्यालय वीरगन्जको तथ्याङ्कअनुसार, गत आवमा पर्सामा ८२ दशमलव ४८ प्रतिशत र बारामा ८५ दशमलव ८७ प्रतिशत मात्र बजेट खर्च भएको हो। दुवै जिल्लामा गरी करिब ७४ करोड रुपैयाँ खर्च हुन सकेन।

पर्सामा गत आवमा २ अर्ब १९ करोड ८५ लाख ९८ हजार ९ सय ९० रुपैयाँ विकास बजेट विनियोजन भएकोमा १ अर्ब ८१ करोड ३४ लाख ९९ हजार ७ सय ६२ रुपैयाँ मात्र खर्च भएको छ। त्यस्तै, बारामा २ अर्ब ३६ करोड ६८ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा २ अर्ब ३ करोड २४ लाख ६३ हजार २ सय २७ रुपैयाँ मात्र खर्च भएको हो।

पर्सामा जलस्रोत तथा सिँचाइ विकास डिभिजनको १६ करोड रुपैयाँ बजेटमध्ये १० करोड ८९ लाख ४५ हजार रुपैयाँ मात्र खर्च भएको छ। भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनलाई विनियोजित १७ करोड २५ लाख रुपैयाँमध्ये ७ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ। त्यस्तै, पूर्वाधार विकास कार्यालय पर्साको ९९ करोड ६ लाख रुपैयाँ बजेटमध्ये ८९ करोड ८ लाख रुपैयाँ खर्च भएको छ।

बारामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ३१ करोड १३ लाख रुपैयाँ बजेटमध्ये २४ करोड ५७ लाख रुपैयाँ मात्र खर्च भएको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई विनियोजित ३८ करोड ७० लाख रुपैयाँमध्ये ३४ करोड २२ लाख रुपैयाँ मात्र खर्च भएको छ।

प्रदेश लेखा इकाई कार्यालय पर्साका प्रमुख श्यामउदय ठाकुरले विकास निर्माणका योजना समयमा ठेक्का नलाग्नु, बजेट खर्च प्रणाली पुरानो हुनु र खरिद प्रक्रिया लामो हुनु मुख्य कारण भएको बताए।

Previous Post

अधिकांश शैक्षिक कन्सल्टेन्सी दर्ताबिनै सञ्चालन

Next Post

भावर क्षेत्रमा पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज