Sunday, November 22, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

बिग्रेर रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, अर्का घाइते

राष्ट्र आवाज by राष्ट्र आवाज
३० जेष्ठ, शुक्रबार
बिग्रेर रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, अर्का घाइते
0
SHARES
0
VIEWS

पर्साको वीरगन्जमा आज रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुईजना युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्।

बिग्रेर सडक किनारामा रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा सिर्सियाबाट डाईपोट तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पर्साकै छिपहरमाई गाउँपालिका निवासी २३ वर्षीय रामाकान्त यादव र २३ वर्षकै विजय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर–२२ ड्राईपोर्ट सडकखण्डमा पर्ने सिताराम भन्ने ठाउँमा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको हो।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका तीन युवकमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए।

‘दुर्घटनामा सोही ठाउँका २२ वर्षीय विजय कुमार यादव गम्भीर घाइते भएका छन्। उनको चिन्ताजनक अवस्थामा नारायणी अस्पतालमा उपचार भइरहेको छ,’ डीएसपी लम्सालले नेपालखबरसँग भने। घाइते दुई युवककाे पनि साेही अस्तालमा मृत्यु भएकाे हाे।

दुर्घटनापछि ट्रक चालक फरार भएका छन्। उनको खोजी भइरहेको छ। तीव्र गतिको कारण अनियन्त्रित भएको तीनजना सवार मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी लम्सालले बताए।

Previous Post

सरकारी वकिल कार्यालयले फिर्ता पठायो दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन

Next Post

भिजिट भिसा प्रकरणलाई लिएर उद्योग समितिमा सांसदहरूबीच चर्काचर्की

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज