Tuesday, January 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सरकारी वकिल कार्यालयले फिर्ता पठायो दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन

राष्ट्र आवाज by राष्ट्र आवाज
June 13, 2025
in समाचार
0
सरकारी वकिल कार्यालयले फिर्ता पठायो दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको बैंकिङ कसुर सम्बन्धी अनुसन्धान अपुरो रहेको विशेष सरकारी वकिल कार्यालयको निष्कर्ष छ । ब्युरोको अनुसन्धान अपुरो देखिएको भन्दै विशेष सरकारी वकिलले फायल फिर्ता गरेको छ ।

प्रसाईँले एउटा प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर अन्य प्रयोजनको लागि दुरुपयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट भेटिएको छ । अहिलेसम्मको अनुसन्धानबाट प्रसाईँले ३ वटा कम्पनीको नाममा लिएको साढे २७ करोड रुपैयाँ जटिल कारोबार मार्फत ‘राउण्ड ट्रिपिङ्ग’ गराएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रिअम प्रालि र युए मेडिको सप्लाईज एण्ड इक्विपमेन्ट प्रालिको नाममा प्रवाह भएको कर्जा उनले दुरुपयोग गरेका हुन् ।

ब्युरोले अनुसन्धान सकेर केही दिनअघि प्रतिवेदन बुझाएको थियो । तर, विशेष सरकारी वकिल कार्यालयबाट फाइल फिर्ता आएको ब्युरोका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । सरकारी वकिलले प्रसाईँकी पत्नी, छोरा र बुहारीको आर्थिक कारोबारबारे पनि अनुसन्धान गर्न भनेको छ । बोगटी भन्छन्, ‘परिवारका अन्य सदस्यहरूलाई पनि अनुसन्धान गर्न भनिएको छ ।’

चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको ध्वंसात्मक प्रदर्शनको मुख्य प्रतिवादी प्रसाईँलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश गरेको छ । तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार राति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले सो आदेश गरेका हुन् । अदालतको आदेशसँगै उनलाई कारागार चलान गरिएको छ ।

Previous Post

सुनको भाउ आज एकैदिन ४ हजार २ सय रुपैयाँले बढ्यो

Next Post

बिग्रेर रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, अर्का घाइते

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बिग्रेर रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, अर्का घाइते

बिग्रेर रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, अर्का घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l