Sunday, November 22, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

नागरिकतासम्बन्धी विधेयक संसदीय समितिबाट पारित

राष्ट्र आवाज by राष्ट्र आवाज
२७ जेष्ठ, मंगलवार
नागरिकतासम्बन्धी विधेयक संसदीय समितिबाट पारित

काठमाडौ, २७ जेठः गृहमन्त्री रमेश लेखक मङ्गलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नागरिकता विधेयक सम्बन्धी आफ्नो धारणा राख्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

0
SHARES
0
VIEWS

वीरगंज  – राज्य व्यवस्था तथा सुशासन समितिले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको विधेयक पारित गरेको छ । सरकारले ल्याएको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले पारित गरेको समिति सभापति रामहरि खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था छन् । पहिले नागरिकता लिनका लागि आमा र बाबु अनिवार्य हुन्थ्यो ।

आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानून नहुँदा नागरिकताविहीनको सङ्ख्या ठूलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो ।

यसैबीच सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक ल्याउने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले एनआरएन नागरितासम्बन्धी छुट्टै ऐन निर्माण गर्ने र नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था गरिने बताउनुभएको हो ।

परराष्ट्र मन्त्रालयको नेतृत्वमा ऐन निर्माण भइरहेको गृहमन्त्रीकाे भनाइ छ । उहाँले गोरखा सैनिकका समस्या समाधान गर्नका लागि नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न लागिएको समेत स्पष्ट पार्नुभएको छ ।

Previous Post

एमाले मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Next Post

पोखरिया नगरपालिकाद्वारा तीन दिन गर्मी विदा दिने निर्णय

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज