वीरगंज – पर्साको पोखरिया नगरपालिकाले अत्याधिक गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नगर प्रमुख प्रदुमन प्रसाद चौहानका अनुसार, जेठ २८ गते बुधबारदेखि २०८२ जेठ ३० गते शुक्रबारसम्म नगरपालिका अन्तर्गतका बाल विकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्ययन अध्यापन बन्द रहनेछ।
यद्यपि, विद्यालयहरूको प्रशासनिक सेवा भने यस अवधिमा सञ्चालन रहनेछन्। नगर प्रमुख चौहानले मिति २०८३ जेठ १ गते आइतबारदेखि विद्यालयहरूको पठनपाठन पूर्ववत् समयमा सञ्चालन हुने जानकारी दिए।

