Sunday, November 22, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन जेठ २१ गतेदेखि सुरु हुँदै, बजेट तथा महत्वपूर्ण विधेयकमा छलफल हुने

सत्येन्द्र यादव by सत्येन्द्र यादव
१४ जेष्ठ, बुधबार
मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन जेठ २१ गतेदेखि सुरु हुँदै, बजेट तथा महत्वपूर्ण विधेयकमा छलफल हुने
0
SHARES
0
VIEWS

१४ जेठ,वीरगञ्ज । मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन आगामी जेठ २१ गते बुधबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ। यो अधिवेशन आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटसहित विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल गर्ने अपेक्षा गरिएको छ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सभाको अधिवेशन आह्वान गरिएको जानकारी दिएका छन्। जेठ ११ गते बसेको प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकको निर्णयका आधारमा प्रदेश प्रमुखबाट नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यो अधिवेशन आह्वान गरिएको हो।

यो अधिवेशन मधेश प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट पेस गर्ने महत्वपूर्ण अवसर हुनेछ। प्रदेशको विकासका प्राथमिकता, आर्थिक वृद्धि र सामाजिक न्यायका योजनाहरू यसै अधिवेशनमार्फत मूर्त रूप लिनेछन्। आगामी आर्थिक वर्षको बजेटमाथि व्यापक छलफल हुने भएकाले सरकारको आगामी वर्षभरिको कार्यदिशा स्पष्ट हुनेछ। यस अधिवेशनले प्रदेशको भावी मार्गचित्र तय गर्न र जनसरोकारका विषयमा गहिरो बहस चलाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Previous Post

मेराविरुद्ध नियोजित षड्यन्त्रपूर्ण आक्रमण भयो : गृहमन्त्री

Next Post

कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट देवकोटा र झा सम्मानित

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

सत्येन्द्र यादवसत्येन्द्र यादव