Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मेराविरुद्ध नियोजित षड्यन्त्रपूर्ण आक्रमण भयो : गृहमन्त्री

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 28, 2025
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
मेराविरुद्ध नियोजित षड्यन्त्रपूर्ण आक्रमण भयो : गृहमन्त्री
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

१४ जेठ,काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूविद्धद्ध नियोजित रुपमा षड्यन्त्रपूर्ण आक्रमण भइरहेको बताएका छन्।

संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूविरुद्धको आक्रमण पूर्वाग्रहपूर्ण रहेको टिप्पणी गरेका हुन्।

‘मेराविरुद्धको आक्रमण नियोजित छ, राजनीतिक पूर्वाग्रहले प्रेरित छ। षडयन्त्रपूर्ण क्रम जारी रहेको मैले महसुस गरेको छु,’ उनले भने।

उनले अख्तियारको अनुसन्धानको विषयलाई लिएर मन्त्रीको पनि संलग्नता भन्दै प्रचार गर्नु गलत भएको बताए। ‘मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा र समाचार आएकोमा सत्यता छैन। मेरो कुनै संलग्नता छैन,’ उनले भने।

यसका साथै अध्यागमन कार्यालयमा सरुवा भएर गएका तीर्थराज भट्टराई आफूले कुनै मन्त्रालय वा विभागबाट ल्याएको कर्मचारी नभएको बताए।

‘म यो मन्त्रालयमा जिम्मेवारी लिएर आउँदा यही मन्त्रालयको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशन भएर काम गरिराख्नुभएको थियो। उहाँलाई त्यहाँ सरुवा गरिएको हो। उहाँले यसअघि मन्त्रालयका महत्त्वपूर्ण जिम्मेवारी र प्रजिअ भएर काम गरिसक्नुभयो। जो मभन्दा अगाडिका मन्त्रीहरूको सरुवा र खटपटमा भएको हो,’ उनले भने।

गृहमन्त्री लेखकले अख्तियारले गर्ने छानबिनलाई सहयोग गर्नेसमेत बताएका छन्। उनले अख्तियारबाट हुने जुनसुकै छानबिनलाई आफूबाट खुल्ला रूपले सहयोग हुने बताएका छन्।

 

Previous Post

पूर्वमन्त्री आफताब आलमलाई उच्च अदालतबाट सफाइ

Next Post

मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन जेठ २१ गतेदेखि सुरु हुँदै, बजेट तथा महत्वपूर्ण विधेयकमा छलफल हुने

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन जेठ २१ गतेदेखि सुरु हुँदै, बजेट तथा महत्वपूर्ण विधेयकमा छलफल हुने

मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन जेठ २१ गतेदेखि सुरु हुँदै, बजेट तथा महत्वपूर्ण विधेयकमा छलफल हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l