Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नारायणगढ-मुग्लिन सडकको भासिएको भाग बजेट अभावले अलपत्र

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 28, 2025
in अर्थ, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
नारायणगढ-मुग्लिन सडकको भासिएको भाग बजेट अभावले अलपत्र
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जेठ १४ – नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको खण्ड तत्काल नबन्ने भएको छ । भासिएको क्षेत्र मर्मतका लागि चालू आर्थिक वर्षमा बजेटको अभाव भएको छ । त्यस क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ ।

गएको असोजमा १०, ११ र १२ को अविरल वर्षापछि २६ किलोमा सडक भासिएको थियो । त्यस क्षेत्रको ८५ मिटर लम्बाइ र ३ दशमलव ५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ । बाँकी भाग चिरा परेको छ ।

अब बनाउँदा सबै भागलाई एकैसाथ बनाउनुपर्ने डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा बजेट सुनिश्चितता हुन नसक्दा काम हुन नसकेको हो । १८ देखि २५ मिटरसम्म पायल राखेर मर्मत गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

त्यसैअनुसारको डिजाइन तयार गरेर सडक विभागमा पेश गरिएको छ । गएको माघमा नै डिजाइन तयार गरी फागुनमा स्रोत सुनिश्चितताको लागि पेश गरिएको भए पनि बहुवर्षे ठेक्काका लागि बजेट विनियोजन गर्ने समय समाप्त भएकाले यस वर्ष काम हुन नसक्ने भएको हो ।

भासिएको भाग मर्मत गर्न ३२ करोड रुपैयाँ लाग्ने अनुमान छ । अहिले सडकमा थप क्षति हुन नदिन ग्यावियन जाली लगाएर अस्थायी रोकथामको काम गरिएको छ ।

यो सडक हुँदै राजधानी काठमाण्डौसहित पोखरातर्फ दैनिक १० हजारभन्दा धेरैको सङ्ख्यामा गाडी चल्ने गरेका छन् ।

Previous Post

प्रधानमन्त्री आज धुलिखेल जाने

Next Post

गभर्नर पौडेलविरुद्धको रिटमा पेशी आज

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
गभर्नर पौडेलविरुद्धको रिटमा पेशी आज

गभर्नर पौडेलविरुद्धको रिटमा पेशी आज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l