Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

समाजवादी प्रेस संगठन झोले संगठन भएको भन्दै करिब दुई दर्जनले दिए राजीनामा

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 26, 2025
in समाचार
0
समाजवादी प्रेस संगठन झोले संगठन भएको भन्दै करिब दुई दर्जनले दिए राजीनामा
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नजिक रहेका समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सल्लाहकार एवं निवर्तमान प्रचार विभाग सदस्य राघव साह सहित संगठन पर्साका निवर्तमान अध्यक्ष आशमहम्मद मियाँको समुहले संगठनको साधारण सदस्य समेत नरहने गरी सोमबार राजीनामा गरेको छ ।

संगठनमा हैकमबादी, चापलुसी बढदै गएकोले राजीनामा दिईएको बताईएको छ । संगठन पर्सामा संगठनका संस्थापक केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठकै पालादेखि बिवाद हुदै दुई गुटमा बिभाजित भएको थियो । करिब दुई वर्ष देखि पर्सा संगठनमा बिवाद र गुट उपगुट भए पछि नेतृत्वकर्ताले वास्तै नगरी थप झगडा बल्झाउने काम गरेको जगजाहेर नै रहेको राजीनामा पत्रमा उल्लेख रहेको छ ।

बिवाद भए देखि संगठन, प्रचार विभाग र पार्टीमा बारम्बार उजुरी दिंदा मिति २०८१ माघ ६ गते संगठनको कार्यवाहक अध्यक्ष नवराज छतकुलीको अध्यक्षतामा केन्द्रिय पदाधिकारी एवं सल्लाहकारहरुको संयुक्त बैठकले पर्सा जिल्लामा संगठनको दुई वटा कमिटी भएकोले दुबै कमिटीलाई बिघटन गरी अजय चौरसिया संयोजक रहने गरी आयोजक कमिटी सर्वसहमतिले बनाउने निर्णय भयो । तर सो निर्णय पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा विधि, विधान उल्लंघन गर्ने, सर्वसम्मतिको निर्णय कार्यान्वयन नगर्ने प्रवृत्ति संगठनमा देखिएकोले झोले संगठनमा बस्न उचित नरहेको राजीनामा पत्रमा उल्लेख रहेको छ ।

सो निर्णय कार्यान्वयन नभएकोले मिति २०८२/२/१ गतेका दिन हामीहरुले संगठनको केन्द्रिय कार्यालयमा राजीनामा दिए पनि हालसम्म सो राजीनामा स्वीकृत भएको आधिकारीक जानकारी नआएको र केन्द्रिय नेतृत्व पूर्ण रुपले असंक्षम देखिएकोले आजैको मिति देखि हामीहरु समाजवादी प्रेस संगठनको साधारण सदस्य समेत नरहने गरी यो राजीनामा दिएको निवर्तमान अध्यक्ष मियाँले बताए ।

राजीनामा दिनेहरुमा संगठन पर्साका दिपक कुशवाहा, राम अनुप यादव, श्रीराम रौनियार, जय कुमार यादव, रामेश्वर चौरसिया, अजय चौरसिया, दिपेन्द्र गिरी, रंजित चौरसिया, राकेश जायसवाल, बिरेन्द्र भट्टराई, रोशन कुमार, मयन्क गुप्ता, अरुण कुमार, आकाश पटेल, राजकिशोर भगत, बिनय कुमार मुखिया, सागर कुमार, दिपक चौरसिया, मुकेश कुमार चौरसिया, सन्नी कुमार, अकबर हवारी, रामाशंकर कुमार, जितेन्द्र कुमार लगायत रहेका छन् । यसअघि आईतवार संगठनका केन्द्रिय उपाध्यक्ष एवं मधेश प्रदेश ईन्चार्ज सुभाष साहले संगठनको गतिविधि प्रति असन्तुष्टि जनाउदै राजीनामा दिई सकेका छन् ।

Previous Post

खुमलटारमा माओवादी पदाधिकारी बैठक

Next Post

मधेश प्रदेशमा वटसावित्री पर्व मनाइयो

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
मधेश प्रदेशमा वटसावित्री पर्व मनाइयो

मधेश प्रदेशमा वटसावित्री पर्व मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l