Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : शेयर धितो कर्जाको जोखिम भार घट्यो

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 26, 2025
in अर्थ, समाचार, सम–सामयिक
0
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : शेयर धितो कर्जाको जोखिम भार घट्यो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

  जेठ १२ – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जामा जोखिम भार घटाएको छ । ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारिएको हो । ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा भने यसअघि नै जोखिम भार घटाएर १०० प्रतिशत बनाइएको थियो ।

राष्ट्र बैंकले २०७८ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार बढाउर १५० प्रतिशत पुर्याएको थियो । नयाँ समीक्षाले पूँजी बजारमैत्री नीतिको सङ्केत गरेको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार क्षमतामा समेत यसले सहजता ल्याउने अपेक्षा गरिएको छ ।

समीक्षामा वित्तीय क्षेत्रको सुदृढीकरण, मुद्रास्फीति नियन्त्रण, लगानी प्रवाह विस्तार, चालू खाता घाटा नियन्त्रण र रेमिट्यान्स वृद्धिका आधारमा केही सकारात्मक संकेतहरू देखिएका उल्लेख छ । तर निजी क्षेत्रको कर्जा प्रवाह अपेक्षित दरमा नबढ्नु, सरकारी पूँजी खर्चको धीमा गति, आयात निर्यातमा असन्तुलन तथा औद्योगिक उत्पादनको स्थायित्वमा चुनौती रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

समीक्षामार्फत राष्ट्र बैंकले न्यून ब्याजदरका कारण कर्जा प्रवाहमा सुधार हुँदै जाँदा आर्थिक गतिविधिमा सुधार आई बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन सहज हुँदै जाने अनुमान गरेको छ । ‘मुद्रास्फीति लक्षित सीमाभन्दा कम रहेको छ ।

तसर्थ, आर्थिक गतिविधिमा आएको सुधारलाई दिगो बनाउन सहयोग पुग्ने गरी आन्तरिक मागको व्यवस्थापन हुन सकेमा मात्र आर्थिक तथा वित्तीय सन्तुलन कायम राख्न र ब्याजदरमा आउने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सम्भव हुन्छ,’ मौद्रिक नीति समीक्षामा उल्लेख छ ।

Previous Post

गाजामा चिकित्सको घरमा इजरायली आक्रमणः चिकित्सकका १० मध्ये ९ सन्तानको मृत्यु

Next Post

देशका यी भागमा आज वर्षाको सम्भावना

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
देशका यी भागमा आज वर्षाको सम्भावना

देशका यी भागमा आज वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l