Tuesday, September 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सहकारी क्षेत्रका समस्या र कानुनी व्यवस्थाबारे जिल्ला बचत संघमा छलफल

राष्ट्र आवाज by राष्ट्र आवाज
September 29, 2026
in समाचार
0
सहकारी क्षेत्रका समस्या र कानुनी व्यवस्थाबारे जिल्ला बचत संघमा छलफल
11
SHARES
103
VIEWS
Share on FacebookShare on Twitter

 २०८३ असोज १३ गते – अनुप यादव, वीरगञ्ज ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साको आयोजनामा सहकारी क्षेत्रमा देखिएका विभिन्न समस्या तथा ऐन, नियमावली, नीति र नियमका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ।

संघका अध्यक्ष हरेराम प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नंगनारायण सिंह, सचिव नरेश कुमार चौरसिया, सदस्यहरू मनु पटेल, धर्मनाथ कुश्वाहा र हृदयनारायण साहलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका समस्या, तिनको समाधान तथा सम्बन्धित मन्त्रालयमा आवश्यक पहल गर्ने विषयमा छलफल गरिएको थियो। छलफलपछि सहकारी क्षेत्रका समस्याको समाधान तथा मन्त्रालयमा आवश्यक पहल गर्न ७ सदस्यीय उपसमिति गठन गरिएको संघले जनाएको छ।

उपसमितिको संयोजकमा संघका अध्यक्ष हरेराम प्रसाद तथा सदस्यहरूमा दिपक राज भण्डारी, राजेन्द्र प्रसाद जसवाल, जितेन्द्र बर्मा, राजेश राय, सुरेश महतो कोइरी र कलीमुल्ला अंसारी चयन भएका छन्।

कार्यक्रममा पर्साका विभिन्न सहकारी संस्थाका करिब ६० जना प्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संघका महासचिव राजिव कुमार सर्राफले गरेका थिए।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय तथा आवश्यक पहल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। हाल पर्सामा सहकारी क्षेत्रका नीति, नियमन, सुशासन र संस्थागत सुदृढीकरणबारे छलफल तथा सुधारका प्रयासहरू हुँदै आएका छन्।

Previous Post

प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भएको ६ महिना पूरा, उपलब्धिसँगै चुनौती पनि कायमै

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l