लालबाबु सिंह ७ असोज वीरगन्ज ।
तेरापंथ युवक परिषद वीरगन्जको सप्ताहिक वृहत् रक्तदान कार्यक्रम अन्तर्गत बुधबारको पहिलो कार्यक्रम आदर्शनगरस्थित प्राईम बैंक बिरगंजको सहकार्यमा आयोजना भएको रक्तदान कार्यक्रममा ४ महिला सहित ७५ जना ले रक्तदान गरेका छन । रक्तदान गर्नेमा रिता साह,शालु सिंह ,रन्जित अर्याल,शमसेर मिया अन्सारी ,जितेन्द्र पन्डित,धर्मेन्द्र कामत, प्रमोद शुक्ला,वरुण कुमार सिंह ,राजेश शाक्य,बिक्की महतो लगायतले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका थिए ।
तेरापन्थ युवक परिषद बिरगंजका अध्यक्ष सुनिल दुगड र प्राईम बैंक बिरगंज शाखाका प्रमुख ऋषिराम भट्टराईको सन्युक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंक बिरगंजका निदेशक संजीव कुमार झा,प्राईम बैंक मधेस प्रदेश प्रमुख बुद्धिराज बराल, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,समाजिक अभियन्ता राजेन्द्र भट्टराई , संचारकर्मीहरु अभिलाष गुप्ता,आकाश पटेल, परिषद का सौरभ भुटोरिया – रक्तदान सयोजक, आशीष चोरड़िया- रक्तदान ऑन कॉल, पंकज बैद, अनिल बैद लगायत बैंकका कर्मचारीहरु एवं ग्राहकहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो अवसरमा प्राईम बैंकका प्रदेश प्रमुख बरालले बैंकको २० औ स्थापना दिवसको अवसरमा वीरगन्ज आसपास रगतको कमि भएको खबर सुनेर तेरापन्थ युवक परिषद बिरगंज संग हातेमालो गरि बैंक परिसर मै रक्तदान कार्यक्रम आयोजना गर्न पाउदा आफूलाइ निकै खुशी एवं गर्व लागेको बताउदै आगामी दिनहरुमा पनि बैक सधै सामाजिकसेवा कार्यमा अझ बढी सहभागी हुने बताउदै सम्पुर्ण रक्तदाताहरु एवं ग्राहकहरु, कर्मचारीहरु प्रती हार्दिक आभार ब्यक्त गर्दै सम्पुर्णलाई बधाई शुभकामना दिएका थिए ।
तेरापन्थ युवक परिषद वीरगन्जले बिरगंजमा रगतको कमि भएको खबर संगै गत शुक्रबार ब्योधा हस्पिटल बिरगंजमा रक्तदान कार्यक्रमको आयोजना गरि सप्ताहब्यापी बृहत् रक्तदान शृङ्खला शुभारम्भ गरेको र सो हि अन्तर्गत आज प्राईम बैंक बिरगंज को सहकार्यमा बिरगंजमा बिहान ८ बजे देखि रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको हो साथै बढी भन्दा बढी पिन्ट रगत संकलन गर्ने उद्देशयले विभिन्न स्थानहरुमा निरन्तर आयोजना गरिएको जसबाट रक्तसञ्चार वीरगन्ज केन्द्रमा भएको रगतको अभाव केही हद सम्म पूरा गर्ने योजना बनाएको अध्यक्ष दुगडले बताउदै सम्पुर्ण रक्तदाताहरुको मुक्त कण्ठले प्रसंशा गर्दै सहयोगी आयोजक परिवारहरु, सहयोगीहातहरु , संचारकर्मिहरु ,परिषदका सम्पुर्ण पदाधिकारी सदस्यहरु प्रति आभार ब्यक्त गरेका थिए ।
त्यसै गरि आजै सम्पन्न दोस्रो रक्तदान कार्यक्रममा बिरगंज १० ठाकुरराम क्याम्पस छेउमा स्थित ए एस टि प्रा लि को सहकार्यमा २ महिला सहित २१ जनाले रक्तदान गरेको अध्यक्ष दुगडले बताएका छन । रक्तदान गर्नेमा पुनम यादव,सोनाली चौहान,प्रीन्स अग्रवाल,मुकेश कुश्वाहा,अन्कुश बगेडिया,तपेन्द्र चौधरी,आलोक कुमार मिश्रा लगायतले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका थिए ।
रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरव राज पाण्डेको नेतृत्वमा रेडक्रस स्वयंसेवकको टिमले रक्तदाताहरु लाइ रक्तदान गर्न सघाएका थिए ।
