Tuesday, January 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्जमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 24, 2025
in समाचार
0
वीरगञ्जमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

१० जेठ,वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिका वडा नं. १७, अलौमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दिउँसो करिब ४ः१० बजे वीरगञ्जबाट अलौतर्फ जाँदै गरेको लु. ५ च. ८१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना. ७ ख. ९४२९ नम्बरको टिपरले ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक पर्सा, वीरगञ्ज म.न.पा. वडा नं. १६, नगवा टोलका २२ वर्षीय छोटु साह सोनार गम्भीर घाइते भएका थिए। टाउको र छातीमा चोट लागेका उनलाई तत्काल पावर हाउसस्थित नीलकण्ठ अस्पताल वीरगन्ज पठाइएकोमा उपचारका क्रममा ४ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलको पछाडि सवार वीरगञ्ज म.न.पा. वडा नं. २९, रतनपुर टोलका २९ वर्षीय शुकुरुला अंसारी घाइते भएका छन्। उनको कम्मर र दुवै खुट्टामा चोट लागेको छ। नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको उनको अवस्था मध्यम रहेको बताइएको छ।

दुर्घटनालगत्तै प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले मोटरसाइकल, टिपर र टिपर चालक बारा, कलैया उपमहानगरपालिका वडा नं. १६ बस्ने ३२ वर्षीय कृष्ण प्रसाद पटेललाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय श्रीपुर पर्सा पठाइएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षकको कमान्डमा टोली समेत खटिएर अनुसन्धान भइरहेको छ।

Previous Post

सहकारीहरुका समस्या र समाधानबारे छलफल कार्यक्रम सम्पन्न

Next Post

एमालेको सचिवालय बैठक आज

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
एमालेको सचिवालय बैठक आज

एमालेको सचिवालय बैठक आज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l