लालबाबु सिंह २७ बिरगंज । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, पर्साले वीरगंज महानगरपालिका–१६ नगवा स्थित माइधिया पोखरी छेउमा अवस्थित गणिनाथ गोविन्द बाबा मन्दिरमा मा वृक्षारोपण गरेको छ ।
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षता एवं वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश उपाध्यायको प्रमुख आतिथ्यमा व्यापक वृक्षारोपण कार्यक्रम सुसम्पन्न गरेको हो ।
सो अवसरमा प्रमुख अतिथी उपाध्यायले ग्लोबल वार्मिङ्ग को कारण ले गर्दा सन्सारकै बदलिदो वातावरणलाई जोगाउनको लागि वृक्षारोपण कार्यक्रम आज को आवश्यकता रहेको बताउदै हामि सबैले निरन्तर वृक्षारोपण गरि त्यस्को संरक्षण सम्मान गरि वातावरणलाई बलियो बनाउन आग्रह गरे । उनले भने, “हामी सबैजना मिलेर रुख–बिरुवा रोपौ र त्यसको संरक्षण गरौं , हाम्रो र आउने सन्ततीको लागि हामी स्वच्छ वातावरण दिएर जानुपर्छ ।”
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष मुना खनालले प्रकृति हाम्रो लागि जिवनदायिनी भएकोले “रुख रोपौं, वातावरण जोगाऔं र आउने सन्तततिको भविष्य स्वस्थ्य बनाउँ” भनी आग्रह गर्दै कार्यक्रमलाई सभ्य सफल बनाइदिनुहुने अतिथी एवं प्रतिष्ठान परिवार प्रती आभार ब्यक्त गरेका थिए।
त्यसैगरी, बिशिस्ट अतिथी नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती बृजकिशोर पटेलले हाम्रो स्वास्थ्य लाई प्रत्यक्ष असर पुर्याउने वृक्षारोपण जस्तो अत्यन्तै आवश्यक र महत्वपूर्ण सुकार्य हामी सबैले निरन्तर गरेर आफू र सबैलाइ स्वस्थ्य बनाउन मद्धत गर्न आव्हान गर्न आग्रह गर्दै कार्यक्रमको आयोजनाको लागि प्रतिष्ठान परिवारलाई धन्यवाद दिए ।
सो कार्यक्रमा प्रकृति सेवा प्रतिष्ठान नेपालका सन्सथापक अध्यक्ष जसपाल सिंहले विगतको समयमा प्रकृतिको दोहनको नतिजा स्वरुप हामीले विभिन्न समयमा बाढी पहिरो, सुख्खा,ढढेलो,हावाहुरी लगायत विभिन्न महामारीहरु आएर दुख पीडा दिएको हामिले भोगिरहेको र आउने सन्ततिको लागि आफ्नो आसपास सरसफाइ गरि निरन्तर वृक्षारोपण गरि त्यसको संरक्षण सम्मान मा जोड दिएका थिए ।
सो अवसरमा नेपाल प्रौढ संघ पर्सा का अध्यक्ष नन्द राउत अहिर, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्राध्यापक डा. हरेराम ठाकुर ,धार्मिक अगुवा सन्तोष पटेल, आर्य समाज पर्साका अध्यक्ष रितेश गुप्ता,रेल्वे मावि श्रीपुरका प्रधानाध्यापक प्रभु प्रसाद रौनियार, प्रकृति सेवा प्रतिष्ठान नेपालका सदस्य भोला प्रसाद,ज्ञानमाया रायमाझी ,राजु भट्टराई ,सुरज कुमार ,प्रतिष्ठानका सदस्य नवराज भट्टराई ,पवन श्रेष्ठ, अभिला गुप्ता, सन्चारकर्मीहरु मनोज मिश्रा,आनन्द पटेल, आकास पटेल,राकेश कुमार लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक श्रवण बहादुर रायमाझीले गरेका थिए भने सहजीकरण सचिव लालबाबु सिंह ले गरेका थिए ।

