लालबाबु सिंह २० जेष्ठ वीरगन्ज । प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योती स्कुलको सहकार्यमा वातावरण दिवस २०८३ को अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत चौथो दिन बुधबार साइकल रैलिको आयोजन गरि जनचेतना फैलाएको छ।
प्रकृति सेवा प्रतिष्ठान, नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रनी युवराज कटुवाल,जीवन ज्योती स्कुलका प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी भगवान श्रेष्ठ ,बिरगंज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह , युवा अभियन्ता दिलिप कार्की प्रतिष्ठानका सहसचिव अबिनाश झा, सदस्य भोला प्रसाद ,रुपनारायण सिंह, केदार गुप्ता , सन्चारकर्मी आकाश पटेल , रानिघाट प्रहरी पोस्टका प्रहरीहरु एवं स्कुलका शिक्षक ,कक्षा ९ र १० का करिब ५० विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो । सो जनचेतना मूलक साइकल रैली वीरगन्ज ९ रानिघाट स्थित जन ज्योती स्कुलबाट शुरु भएर घण्टाघर ,बसपार्क , बायपास रोड हुँदै नगवा पुगेर त्यहाबाट पश्चिम रेशमकोठी , मेनरोड ,कैलाश होटल चौक हुँदै घडियर्वा पोखरी , माइस्थान , घण्टाघर हुँदै पुन: जीवन ज्योती स्कुलमा पुगेर समापन भएको थियो ।
जीवन ज्योती स्कुलकाका प्रधानाध्यापक गुप्ताले हरियो झण्डा देखाएर साइकल रैलीको समुदघाटन गरेका हुन ।
सो अवसरमा प्रनि कटुवालले मानिसको जन्म देखि मरण सम्म बातावरणले प्रत्येक पाइलामा स्वस्थ रहन हावा पानी अन्न फलफुल , बनस्पति , जडिबुटी लगायतका जिवनदायिनी सामाग्रीहरु निःशुल्क उपलब्ध गराएकोमा यसको मान सम्मान सेवा, संरक्षण एवं सम्बर्द्धन गर्नु हाम्रो दायित्व रहेकोमा जोड दिदैं हामी सबैले ट्राफिक नियम पाल्ना गर्न आग्रह गर्दै विद्यार्थी भाइबहिनिहरु लाइ उज्ज्वल भविष्यको शुभकामना दिदैं प्रकृति सेवा प्रतिष्ठान र स्कुल परिवार प्रती आभार बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष सिंहले “हरियो सफा र स्वस्थ वीरगन्ज,प्लास्टिक झोला, प्रदूषण मुक्त वीरगन्ज ,” धरती लाई बचाऔं वातावरण लाई जोगाऔं ” को मुलमन्त्रलाइ आत्मसात गरि प्रतिष्ठानले प्रत्येक वर्ष झै विश्व वातावरण दिवसको पुर्वसन्ध्यामा विगत ३ दिन देखि सरसफाइ , जनचेतनामूलक र चौथो दिन आज साइकल रैली आयोजना गरि जनचेतना फैलाउने कार्यक्रम गरियो ।
सिंहले विभिन्न स्थानहरुमा कार्यक्रम मार्फत वातावरण प्रति हाम्रो जिम्मेवारीलाई व्यापक रुपमा विभिन्न सचेतना कार्यक्रमको आयोजना गरि जनजागृती फैलाउन, सम्मान एवं संरक्षण गर्न आग्रह गरेको बताउँदै सहभागी सम्पुर्ण विद्यार्थीहरु, प्रधानाध्यापक , शिक्षकहरु एवं प्रतिष्ठानका पदाधिकारी सदस्यजन प्रति आभार ब्यक्त गरेका थिए ।
