Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नयाँ वर्ष २०८३ मा जनकपुरधाममा भक्तजनको घुइँचो, धार्मिक पर्यटनमा उत्साह

राष्ट्र आवाज by राष्ट्र आवाज
April 14, 2026
in समाचार, समाज, सूचना/प्रविधि
0
नयाँ वर्ष २०८३ मा जनकपुरधाममा भक्तजनको घुइँचो, धार्मिक पर्यटनमा उत्साह
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ ।

नयाँ वर्षको पहिलो दिन नेपाल तथा भारत का विभिन्न स्थानबाट आएका भक्तजनहरूले जनकपुरधामका मठमन्दिरहरूमा दर्शन गरेका छन् । नेपाली समाजमा नववर्षको अवसरमा नयाँ योजना तथा सङ्कल्प गर्ने परम्परा रहेको छ ।

वर्षको पहिलो दिन भगवानसँग मनोकामना पूरा होस् भन्ने कामनासहित मठमन्दिर जाने चलनअनुसार जनकपुरधाममा पनि बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको थियो । विशेषगरी जानकी मन्दिर लगायतका प्रमुख धार्मिक स्थलहरूमा दर्शन तथा पूजाआजाका लागि हजारौँ भक्तजन पुगेका छन् ।

भक्तजनहरूले वर्षको पहिलो दिन भगवानको दर्शन गरी सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । नयाँ वर्षमा धार्मिक स्थलमा दर्शन गर्ने परम्पराले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याएको छ ।

माता सीताको जन्मस्थलका रूपमा परिचित जनकपुरधाममा नयाँ वर्ष, रामनवमी तथा विवाह पञ्चमीजस्ता पर्वहरूमा पर्यटक आगमन उल्लेखनीय रूपमा बढ्ने गर्दछ । यस वर्ष पनि होटल, धर्मशाला तथा यातायात क्षेत्रमा चाप बढेको स्थानीय व्यवसायीहरूले बताएका छन्। उनीहरूका अनुसार बढ्दो पर्यटक आगमनले स्थानीय आर्थिक गतिविधि चलायमान बनेको छ ।

स्थानीय व्यवसायी जितेन्द्र कुमार साहले नयाँ वर्षसँगै देशमा सकारात्मक परिवर्तन आउने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले हालै गठन भएको नयाँ सरकारबाट जनताको आर्थिक अवस्था सुधार, रोजगारी सिर्जना तथा स्वास्थ्य र शिक्षामा गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी, जनकपुरधाममा दर्शन गर्न आउने भक्तजन तथा पर्यटकहरूको सुरक्षा, मन्दिरको सरसफाइ र व्यवस्थापनमा स्थानीय प्रशासनले विशेष ध्यान दिएको जनाएको छ ।

Tags: #जनकपुरधाम #नयाँवर्ष२०८३ #धार्मिकपर्यटन #मधेसप्रदेश #नेपाल #भारत #भक्तजन #जानकीमन्दिर #पर्यटन #आर्थिकगतिविधि
Previous Post

बिहारका मुख्यमन्त्री नीतीश कुमारद्वारा राजीनामा, भाजपा नेतृत्वमा नयाँ सरकार बन्ने

Next Post

साथ साथ सिकाई संजाल पर्सा द्वारा बिरगंजमा मानव अधिकार रक्षकहरूको अवस्था तथा सवाल र सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रमको आयोजना ।

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
साथ साथ सिकाई संजाल पर्सा द्वारा बिरगंजमा मानव अधिकार रक्षकहरूको अवस्था तथा सवाल र सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रमको आयोजना ।

साथ साथ सिकाई संजाल पर्सा द्वारा बिरगंजमा मानव अधिकार रक्षकहरूको अवस्था तथा सवाल र सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रमको आयोजना ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l