काठमाडौँ – २०८३ सालको पहिलो दिन स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ।
हिजो तोलामा ४०० रुपैयाँले घटेर २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार १०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलाको ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

