Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जगदम्बा स्टिलको कालो धुवाँले स्थानीय आक्रोशित, स्वास्थ्य र वातावरणमा गम्भीर असर

राष्ट्र आवाज by राष्ट्र आवाज
April 13, 2026
in समाचार, समाज, सम–सामयिक, सरोकार
0
जगदम्बा स्टिलको कालो धुवाँले स्थानीय आक्रोशित, स्वास्थ्य र वातावरणमा गम्भीर असर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा — जगदम्बा स्टिल प्रा.लि. बाट दैनिक रूपमा निस्कने कालो धुवाँका कारण जितपुरसिमरा उपमहानगरपालिका–२ का स्थानीयवासी आक्रोशित बनेका छन्। उद्योगको प्रदूषणले वातावरणसँगै जनस्वास्थ्यमा समेत गम्भीर असर पारेको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार पटक–पटक समस्या उठाए पनि समाधानको सट्टा आवाज दबाउने प्रयास भएको आरोप छ। उद्योगसँग सम्बन्धित बिचौलिया र दलालहरू सक्रिय भएर विरोध कमजोर पार्ने प्रयास गरिएको दाबी पनि गरिएको छ।

त्यसैगरी, उपमहानगरपालिकाका केही जनप्रतिनिधिहरूले यस विषयमा चासो नदेखाएको भन्दै स्थानीयमा असन्तुष्टि बढ्दै गएको छ।

प्रदूषणका कारण धेरै नागरिकको स्वास्थ्यमा समस्या देखिएको, केहीको ज्यानसमेत गएको र दर्जनौं परिवार शोकमा परेको स्थानीयवासीको दाबी छ। तर, यस्ता गम्भीर समस्याका बाबजुद सम्बन्धित निकायबाट दीर्घकालीन समाधान नआएको उनीहरूको भनाइ छ।

स्थानीयहरूले सामाजिक सञ्जालमार्फत प्रमाणसहित समस्या उजागर गर्न र जनप्रतिनिधिहरूलाई जवाफदेही बनाउन आह्वान गरेका छन्। उनीहरूले “अब आफ्नै गाउँ–सहर आफैं जोगाउनुपर्ने अवस्था आएको” भन्दै एकजुट भएर प्रदूषणविरुद्ध आवाज उठाउन सबैलाई आग्रह गरेका छन्।

Previous Post

नगवा दुर्गा पूजा समितिद्वारा हनुमान आराधना तथा महाआरती आयोजना

Next Post

रुबीकुमारीले सम्हालिन् उपसभामुखको जिम्मेवारी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रुबीकुमारीले सम्हालिन् उपसभामुखको जिम्मेवारी

रुबीकुमारीले सम्हालिन् उपसभामुखको जिम्मेवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l