Sunday, April 19, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

अब सार्वजनिक बिदामा पनि हुलाकमार्फत कुरियर सेवा उपलब्ध हुने

राष्ट्र आवाज by राष्ट्र आवाज
April 6, 2026
in समाचार, समाज, सम–सामयिक
0
अब सार्वजनिक बिदामा पनि हुलाकमार्फत कुरियर सेवा उपलब्ध हुने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं— सार्वजनिक बिदाका दिनमा समेत हुलाकमार्फत कुरियर सेवा उपलब्ध गराउने व्यवस्था सुरु भएको छ। सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा विदेश पठाइने तथा विदेशबाट आउने मालवस्तुको आयात–निर्यात प्रक्रिया थप सहज बनाएको जनाएको छ।

हुलाक सेवा विभागका अनुसार अब हुलाकमार्फत हुने कुरियर सेवाका लागि ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रणाली लागू गरिएको छ। यसबाट मालवस्तुको जाँच–पास छिटो, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा लागू गरिएको यस प्रणाली अन्तर्गत हुलाक कुरियरका लागि छुट्टै जाँचपास स्थापना गरिनेछ। यसले सार्वजनिक बिदाका दिन पनि विदेश पठाइने वा विदेशबाट आउने सामान छिटो छुटाउने सुविधा प्रदान गर्नेछ।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार लामो समयको प्रयासपछि मन्त्रालयको निर्देशनमा यो सुधार कार्यान्वयन भएको हो। यसअघि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार खुले पनि भन्सार र बैंक बन्द भएकाले सेवा प्रभावकारी हुन सकेको थिएन।

विभागका तथ्याङ्कअनुसार, गत फागुनमा गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट मात्र १९ हजार २०० भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण रजिस्ट्री चिठ्ठी र बुकपोस्ट आयात भएका थिए भने निर्यात ११ हजार ७ सय हाराहारी रहेका थिए। पछिल्लो समय हुलाकमार्फत हुने कुरियर सेवाको माग लगातार बढिरहेको विभागले जनाएको छ।

Previous Post

प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय

Next Post

मधेस प्रदेशको आम्दानी न्यून, अर्थमन्त्री नै भन्छन प्रदेश बित्तिय संकटमा फस्यो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मधेस प्रदेशको आम्दानी न्यून, अर्थमन्त्री नै भन्छन प्रदेश बित्तिय संकटमा फस्यो

मधेस प्रदेशको आम्दानी न्यून, अर्थमन्त्री नै भन्छन प्रदेश बित्तिय संकटमा फस्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l