Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

एमाले धनुषा अध्यक्षमा भोला यादव निर्वाचित

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 23, 2025
in राजनीति, समाचार, सम–सामयिक, सूचना/प्रविधि
0
एमाले धनुषा अध्यक्षमा भोला यादव निर्वाचित
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

जेठ ९ –  नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्।  धनुषामा रघुवीर महासेठ समूहले बनाएको प्यानलनै विजयी भएको छ।

भोलाले ४०२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले मात्र २०० मत पाएका छन्। लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबाट प्रतिस्पर्धामा उत्रेका थिए।

उपाध्यक्षमा तेजनारायण यादव ४३० मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी जयप्रकाश सुनरैतले मात्र १६० मत पाए। यस्तै सचिवमा दिपनारायण ठाकुर बाजी मारे। उनीसँग प्रतिस्पर्धा गरेका धिरेन्द्र मण्डलले २२५ मत ल्याए।

यस्तै पुरुषतर्फ उपसचिवमा ३८० मतसहित सबिनविक्रम थापा र महिलातर्फ उपसचिवमा ३९१ मतसहित रुपाकुमारी मिश्रा निर्वाचित भएकी छन्। पुरुषतर्फका प्रतिस्पर्धी हरिकिशोर यादव १९५ र महिलातर्फ किरण कापर १८४ मत पाएको निर्वाचन समितिले जनाएको छ।

यस्तै लेखा समिति अध्यक्षमा वीरेन्द्र लाल कर्ण ३६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी अनिल कुमार यादव मात्र २०७ मत पाएका छन्।

पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न चुनाव भएको थियो। ६२८ मतदातामध्ये ६१५ मतदाताले मतदान गरेका थिए। सदस्यहरूको परिणाम घोषणा गर्न बाँकी छ।

उम्मेदवारको विषयमा विवाद भएपछि मतदानको अन्तिम तयारी भइसकेको अवस्थामा वैशाख २३ मा दुई समूहबीच कुटाकुट भएको थियो। कुटाकुटका कारण सो दिन स्थगित भएको मतदान बिहीबार गराइएको थियो।

Previous Post

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

Next Post

तीनकुनेको प्रदर्शनमा संलग्नविरुद्ध आज अभियोजन गर्दै सरकारी वकिल

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
तीनकुनेको प्रदर्शनमा संलग्नविरुद्ध आज अभियोजन गर्दै सरकारी वकिल

तीनकुनेको प्रदर्शनमा संलग्नविरुद्ध आज अभियोजन गर्दै सरकारी वकिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l