Saturday, June 14, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मधेशमा फेरिएका दुई मन्त्रीले लिए शपथ

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 23, 2025
in समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
मधेशमा फेरिएका दुई मन्त्रीले लिए शपथ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जेठ ९ – मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ।

पुनर्गठित मन्त्रिषरिषद्मा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा बिहीबार पद तथा गोपनीयताको शपथ लिए।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहिबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीद्वयलाई शपथ गराइन्। कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यादवले वन तथा वातावरण मन्त्रालय।

मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा मधेस सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको हो। नयाँ मन्त्रिमण्डलमा अब १२ सदस्यीय मन्त्रीहरू रहेका छन्।

पुनर्गठित मन्त्रिपरिषद्को मुख्यमन्त्रीमा सतिशकुमार सिंह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, भौतिक पूर्वाधारमन्त्री सरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा तथा संस्कृतिमन्त्री रानी तिवारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधन सिंह, अर्थमन्त्री सुनिल यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा र वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादव छन्।

कुशवाहाले यसअघि पनि प्रदेश सरकारमा कृषिमन्त्रीका रूपमा काम गरिसकेका छन्।  यादव पहिले राज्यमन्त्रीको भूमिकामा रहेर सरकार सञ्चालनमा संलग्न थिए।

जनमत पार्टीका प्रवक्ता डा शरद सिंह यादवका अनुसार यो पुनर्गठन नियमित कार्यप्रणालीअन्तर्गत भएको हो।

यसअघि पनि उक्त दुवै मन्त्रालय जनमत पार्टीबाटै रहेको थियो। पार्टीले उद्योग तथा पर्यटनमन्त्री सकिलमियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएको थियो।

Previous Post

आईपीएल क्रिकेटमा लखनउले शीर्षस्थानको गुजरातलाई ३३ रनले हरायो

Next Post

नेपाली कांग्रेसद्वारा भ्रामक र कपोलकल्पित समाचारप्रति भर्त्सना

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
नेपाली कांग्रेसद्वारा भ्रामक र कपोलकल्पित समाचारप्रति भर्त्सना

नेपाली कांग्रेसद्वारा भ्रामक र कपोलकल्पित समाचारप्रति भर्त्सना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l