Tuesday, March 31, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सुनको भाउ एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

राष्ट्र आवाज by राष्ट्र आवाज
March 22, 2026
in अर्थ, समाचार
0
सुनको मूल्य सामान्य बढ्यो, चाँदी घट्यो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — आइतबार एकैदिन सुनको भाउ उल्लेखनीय रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो एक साताको अवधिमा मात्रै सुनको भाउ २७ हजार ४ सय रुपैयाँले घटिसकेको छ। गत आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुग्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भएसँगै अमेरिकी डलरको माग बढ्नु र ब्याजदरमा दबाब सिर्जना हुनुका कारण सुनको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। सुन बिक्रीमार्फत डलर संकलन बढ्नुले पनि मूल्य घट्न सहयोग पुगेको बताइएको छ।

यसैबीच, चाँदीको भाउ पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

एक सातामा चाँदीको मूल्य प्रतितोला ७३० रुपैयाँले घटेको छ। गत आइतबार चाँदी ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो भने माघ १५ गते हालसम्मकै उच्च मूल्य ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।

Previous Post

वीरगञ्जमा विद्यार्थी प्रदर्शन, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

Next Post

मकवानपुरमा भरूवा बन्दुकसहित पुरुष पक्राउ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मकवानपुरमा भरूवा बन्दुकसहित पुरुष पक्राउ

मकवानपुरमा भरूवा बन्दुकसहित पुरुष पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l