हेटौडा — मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार प्रजापतिका घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको टोलीले गएराति उनीसँगै एक थान बन्दुक बरामद गरेको हो।
केन्द्रीय प्रहरी समाचार कक्षले प्रजापतिलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।

